Close This
२०८१ कार्तिक, ७ बुधबार

रवि समर्थकको पोखराको मानव अधिकार चोकमा प्रदर्शन 

३ कात्तिक, पोखरा । पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले प्रदर्शन गरेका छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका छन् । गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।
शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा पु¥याइएको थियो ।
उनलाई स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आज शनिबार सार्वजनिक बिदा भएकोले आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार कार्तिक ३, २०८१/Saturday 10-19-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै