Close This
२०८१ कार्तिक, ७ बुधबार

दुहुँ ५ को उप निर्वाचन केन्द्रित भए एमाले र माओवादी, एकै वडाबाट सुरु गरे कार्यकर्ता भेटघाट कार्यक्रम

दार्चुलाको एक वडामा आगामी मंसिर १६ गते हुने स्थानीय तह उप निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरुले उप निर्वाचन लक्षित गतिविधि बढाउन सुरु गरेका छन् ।  
दार्चुलाको दुहुँ गाउँपालिकाको वडा नम्बर ५ मा हुने उप निर्वाचनको लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गाउँ केन्द्रित भएका छन् । दशै तिहारको शुभकामना आदान प्रदान र कार्यकर्ता भेटघाट गर्न दुवै पार्टीले फरक फरकम मितिमा दुहुँको एउटै वडाबाट कार्यक्रमको सुरुवात गरको हुन् । दुहुँ गाउँपालिका वडा ५ का वडा अध्यक्षको निधन भएपछि हुन लागेको उप निर्वाचनलाई लक्षित गरी मुख्यगरी एमाले र माओवादीले कार्यकर्ता भेटघाट लगायतका गतिबिधि गर्ने बताएका छन् । 
नेकपा (एमाले) केन्द्रीय पोलिटब्युरो सदस्य तथा दार्चुला ईन्चार्ज गणेश सिंह ठगुन्नाको नेतृत्वको टोलीले कार्तिक १ गते दुहँुबाट कार्यक्रम सुरु गरेर कार्तिक ९ गते लेकम गाउँपालिकामा पुगेर समापन गर्ने कार्य तालिका प्रकाशन गरेको छ भने माओवादी केन्द्रले केन्द्रीय सदस्य तथा दार्चुला इन्चार्ज लक्ष्मण जोशीको नेतृत्वमा कार्तिक ४ गतेदेखि दुहुँ गाउँपालिकाबाटै सुरु गरेर नौगाड गाउँपालिकामा पुगेर समापन गर्ने  सुचना प्रकाशन गरेका छन् । 
एमालले जनप्रतिनिधिको कार्यको मूल्याङ्कन र पार्टीको भावि कार्ययोजना निर्माण गरिरहेको छ भने माओवादी केन्द्रले शुभकामना आदान प्रदान र पालिका कमिटीका बैठकहरु आयोजना गर्ने बताएका छन् । 
निर्वान आयोगले उप निर्वाचनको मिति घोषणा गरेसँगै दुबै दलहरुले टोलस्तरीय भेला, प्रशिक्षण, पार्टी प्रवेश लगायतका अभियान सञ्चालन गर्ने तयारी समेत गरेका छन् ।
दुुहुँ गाउँपालिका वडा ५ मा गत २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मनोरथ भट्ट निर्वार्चित भएका थिए ।  नेकपा माओवादी केन्द्रले दुुहुँ गाउँपालिका वडा ५ मा पुनः चुनाव जित्ने दावी गरिरहेको छ । नेपाली कांगे्रसले पनि छिट्टै उक्त वडामा कार्यकर्ता भेटघाट गर्ने तयारी गरेको छ । उप निर्वाचनका लागि अहिले जिल्ला निर्वाचन कार्यालय दार्चुलाले समेत आवश्यक तयारी गरीरहेको छ ।

 

प्रकाशित मिति: शनिबार कार्तिक ३, २०८१/Saturday 10-19-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै