२०८२ बैशाख, १३ शनिबार

डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको जोरायाल गाउँपालिका–१, गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार बझाङ  बुङ्गल नगरपालिका– २ मलेना बस्ने ३२ वर्षीय चालक अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत धामीको मृत्यु भएको छ । एसपी शर्माका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
कैलालीको धनगढीबाट बझाङतर्फ गइरहेको  सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनीट्रक अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको थियो । 

 

प्रकाशित मिति: बुधबार बैशाख १०, २०८२/Wednesday 04-23-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै