२०८२ बैशाख, १३ शनिबार

मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै 

बैसाख, ११ दार्चुला 
दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वडा कार्यालय केन्द्री भएर घुम्ती शिविरद्धारा सेवा दिइ रहेको छ । “लिएर सबै सेवाका प्रकार, घरदैलोमा स्थानीय सरकार” भन्ने मुल नाराका साथ गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु भएको हो ।
नागरिकको घरदैलोमा सेवाको प्याकेज पुर्याउने उद्धेश्यले वडा नम्बर ६ उकुँबाट एकीकृत घुम्ती शिविर सुरु गरिएको छ । बुधबारदेखि सुरु भएको शिविरको पहिलो दिन वडा नम्बर ६ उकुँमा ३ सय ९ जनाले वडास्तरबाटै सेवा लिएका छन् । 
मालिकार्जुन गाउँपालिका अन्र्तरगतका ६ वटा शाखाहरुबाट प्रदान गरिने सेवाहरु वडास्तरबाटै शिविरका माध्यमबाट दिइरहेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभयो । शिविरबाट वडा नम्बर ६ का ४० जना पुरुष र ५१ जना महिला गरी जम्मा ९१ जनाले १२ लाख ३३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाप्त गरेका छन् ।
त्यस्तै ९ जना पुरुष र १७ जना महिला गरी २६ जनाले आयुर्वेद सेवा, ४१ जना महिला र ३२ पुरुष गरी ७३ जनाले स्वास्थ्य चेकजाँच तथा परार्मश सेवा लिएको शिविरमा सहभागी गाउँपालिकाका सूचना अधिकारी सुरज प्रशाद जोशीले जानकारी दिनुभयो । शिविरबाट वडा नम्बर ६ का १३ जना किसानहरुलार्ई किसान सूचिकरणमा समावेश गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै ४२ जनाले कृषि शाखाबाट पाप्त गर्ने सेवा, ४८ जनाले पशु परार्मश तथा उपचार गरी कुल ३ सय ९ जना लाभग्राहीहरुले वडास्तरबाट सेवा लिएका छन् । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी लगायत प्राविधिक सहितको गाउँपालिकाको टोलीले वडा भित्र सञ्चालन भएका ५ वटा योजनाहरुको अनुगमन गरेको छ ।
पलिका केन्द्र रहेको वडा नम्बर ८ बाहेक ७ वटै वडाबाट सेवा दिने पालिकाले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार बैशाख ११, २०८२/Thursday 04-24-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै