दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै सारथी खबर लेकका पाटनहरुमा यर्सा खोज्दै स्थानिय संकलकहरु फोटो हेम बोहरु अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले बहुमूल्य मानिने जटिबुटी यार्चागुम्बा सङ्कलनको लागी अनुमतिपत्र वितरण कार्य सुरु भएको छ । कार्यालयले बैशाख पहिलो साताबाट यार्चागुम्बा तथा जडिबुटी संकलनका लागि अनुमतिपत्र वितरण कार्य सुरु गरेको हो । दार्चुलाका जडिबुटी संकलन व्यवसायी, उद्योग वाणिज्य संघ, दार्चुला र सुरक्षा निकायसंगको छलफलपछि अनुमति पत्र वितरण सुरु गरिएको प्रमुख विनय कुमार झाल बताउनुभयो । यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चा पाइने पाटन जेठ १५ देखि असार १५ गतेसम्म खुल्ने भएपनी अनुमतिपत्र वितरण कार्य भने सुरु भएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो । कार्यालयका अनुसार यार्चा संकलन गर्ने जानेहरुको लागि शुल्क समेत निर्धारण गरिएको छ । जसअनुसार अपिनाम्पा संरक्षण क्षेत्रभित्रका स्थानीयको लागि रु ५ सय शुल्क निर्धारण गरिएको छ । संरक्षण क्षेत्रबाहिर रहेका जिल्लाभरीका संकलकहरुको लागि २ हजार र जिल्लावाहिरका संकलकहरुको लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । संकलनका लागि अनुमति पत्र पाए पछि संकलकहरु यर्सागुम्बा लगायतका जटिबुटीहरु संकलन गर्न लेकतिर जान थालेका छन् । अपिहिमाल गाउँपालिकाको सिती, घुसा र खण्डेश्वरीलगायत स्थानका स्थानीयले यार्सागुम्बा सङ्कलन अवधिभर आवश्यक पर्ने सातुसामल (दैनिक उपभोग्य वस्तु र ओढ्ने ओछ्याउने कपडा) पाटनमा पु¥याइसकेका छन् । संरक्षण क्षेत्रको कार्यविधिमा जेठको १५ देखि असारको १५ गतेसम्म पाटन खुला हुने भएपनी संरक्षण क्षेत्रभित्रका स्थानीयहरु यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेका छन् । स्थानीयको मुख्य आयस्रोतका रूपमा रहेको हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्ने समय सुरु भएको अपिहिमाल गाउँपालिका पर्यटक एकाइ शाखाका प्रमुख विसन बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार कोही संकलकहरु सातुसामलसहित पाटन सम्म पुग्ने बाटोको अवस्था, यार्चागुम्बा पाइने पाटनमा रहेको हिउँ पग्ले नपग्लेको बारे जानकारी लिएर फर्किएका छन् भने कोही बन्दोबस्तका समानहरु लिएर लेकतिर उक्लिरहेका छन् । दार्चुलाको अपिहिमाल, ब्याँस, दुहुँ र नौगाड गाउँपालिकाका अधिकांश स्थानीयहरु यार्चागुम्बा र जडीबुटी संकलन गर्न लेकतिर जाने गरेका छन् । लोलु, अपि फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्चागुम्बा पाइने गरेको छ । यस वर्ष आठ सय किलोग्रामका लागि सङ्कलन अनुमतिपत्र दिइने योजना बनाएको अपिनाम्पा संरक्षण कार्यालयले अनुमति विना यार्सागुम्बा लगायत अन्य जडिबुटी संकलन नगर्न भनेको छ । प्रकाशित मिति: शुक्रबार बैशाख १२, २०८२/Friday 04-25-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै विद्यार्थी भर्ना अभियान र पाठ्यपुस्तक वितरण गर्न व्याँस गाउँपालिकाको अनुरोध डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु शिक्षा विकास तथा समन्वय इकाईको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश सुरेश सिंह धामीको अध्यक्षमा शंकरपुर क्याम्पसको १५ सदस्य व्यवस्थापन समिति चयन पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा सुरेश सिंह धामीको अध्यक्षमा शंकरपुर क्याम्पसको १५ सदस्य व्यवस्थापन समिति चयन