अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा सारथी खबर प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु चार घण्टापछि रिहा भएका छन् । उनीहरुले सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेको थिए । उनीहरु करिब ४ घण्टापछि छाडिएका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरू सिंहदरबारबाटै समातिएका थिए । गत चैत १५ तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका लागि प्रदर्शनमा उत्रिएका लिङदेनसहितका नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो । सिंहदरबारस्थित संसदीय दलमा रोकिएका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू दीपक सिंह र बिना लामासहितलाई भेट्न आएका लिङ्देनसहित पक्राउ परेका हुन् । उनीहरूलाई भेटेपछि लिङ्देनसहितले सिंहदरबारभित्रै पर्चासहित प्रदर्शन गरेका थिए । प्रहरीले राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि पक्राउ गरेको थियो । सिंहदबारस्थित संसदीय दलको कार्यालयमा थुनिएका शाहीहसितलाई भेटेपछि त्यहीँबाट लिङ्देनले विरोध थालेका थिए । दलको कार्यालयबाट केही सांसदहरूसहित हिँडेका लिङ्देन नेतृत्वको टोलीले सिंहदरबार भित्रै पर्चा देखाउँदै प्रदर्शन गरे । उनीहरूलाई नयाँबानेश्वरको निषेधित क्षेत्रतर्फ जान नदिई प्रहरीले नियन्त्रमा लिएर लगेको थियो । प्रकाशित मिति: आइतबार बैशाख ७, २०८२/Sunday 04-20-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै स्ववियु चुनावमा दार्चुला बहुमुखी क्याम्पस खलंगामा ४ सय ४९ मत खस्यो सहमति नजुटेपछि अझै एक साता अध्यादेश संसद्मा नलगिने मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री वडा अध्यक्षको चुनावमा दार्चुलामा ६९ प्रतिशत मत खस्यो स्थानीय तह उपनिर्वाचन सम्पन्न, ६२ प्रतिशत मत अस्यो दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा सुरेश सिंह धामीको अध्यक्षमा शंकरपुर क्याम्पसको १५ सदस्य व्यवस्थापन समिति चयन