२०८२ बैशाख, १४ आइतबार

दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको  

दार्चुलाको स्थानियतहका गाउँगाउँमा आयोडिनयुक्त नुनको सहज पहुँचमा पुगेका छन् । जिल्लाको स्थानियतहमा नै विक्रि केन्द्र खुलेपछि स्थानिय नागरिकलाई नुन सहज रुपमा उपलब्ध हुन थालेको हो । 
गोकुलेश्वरमा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो स्थापना भएपछि त्यहाँका नागरिक आयोडिनको सहज पहुँचमा पुगेका हुन् । जिल्लाका नौ वटै स्थानीय तहका ६१ वटै वडाका नागरिकलाई आयोडिनयुक्त नुन सहज रूपमा प्राप्त होस् भन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दार्चुला (खलङ्गा डिपो) र गोकुलेश्वर डिपो) ले विभिन्न स्थानीय तहमा बिक्री केन्द्र स्थापना गरेर नुन बिक्रीवितरण गरिरहेको छ ।
खलङ्गा डिपोका इन्चार्ज प्रेमसिंह कुँवरका अनुसार व्यास गाउँपालिका र दुहुँ गाउँपालिकाका स्थानीयलाई गाउँघरमै आयोडिनयुक्त नुन उपलब्ध गराउन दुहुँ गाउँपालिका–५, गरमोरा र व्यास गाउँपालिका–४, सुन्सेरमा नुन बिक्री केन्द्र स्थापना गरिएको छ । बिक्री केन्द्रबाट प्रत्येक दिन नुन बिक्रीवितरण भइरहेको छ । 
गोकुलेश्वर डिपो अन्तर्गत अपिहिमाल गाउँपालिका–५, ओखल, वडा नम्बर ४ को खण्डेश्वरी, नौगाड गाउँपालिकाको होपरीगाड र मालिकार्जुन गाउँपालिकाको पस्ती बिक्री केन्द्रबाट नुन बिक्रीवितरण भइरहेको गोकुलेश्वर डिपोका इन्चार्ज लक्ष्मणसिंह धामीले जानकारी दिए । गोकुलेश्वर डिपोबाटै बैतडीको डिलाशैनी गाउँपालिकाका स्थानीयले समेत आयोडिनयुक्त नुन उपभोग गरिरहेको बताइएको छ ।
गोकुलेश्वर डिपोबाट दैनिक २० देखि २५ क्विन्टल तथा खलङ्गा डिपोबाट दैनिक १५ देखि २० क्विन्टल आयोडिनयुक्त नुन बिक्रीवितरण हुने गरेको सम्बन्धित डिपोका इन्चार्जले बताए ।    
आयोडिन युक्त नुनको सहज विक्रवितरण न हुदा यो भन्दा अघि भारतिय बजारबाट महंगो मुल्यमा खरिद गरिएको नुन खान स्थानिय नागरिक बाध्य थिए । 

 

प्रकाशित मिति: शनिबार बैशाख १३, २०८२/Saturday 04-26-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै