२०८२ बैशाख, १३ शनिबार

सुरेश सिंह धामीको अध्यक्षमा शंकरपुर क्याम्पसको १५ सदस्य व्यवस्थापन समिति चयन

दार्चुला, दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेको एक मात्र  क्याम्पस शंकरपुर क्याम्पस पस्तीमा सुरेश सिंह धामीको अध्यक्षतामा व्यवस्थापन समिति चयन गरिएको छ ।
आइतवार (हिजो) क्याम्पसको ५ औँ साधारण सभाबाट धामीको अध्यक्षतामा १५ सदस्यीय क्याम्पस व्यवस्थापन समिति चयन गरिएको शंकरपुर क्याम्पस पस्तीका निमित्त क्याम्पस प्रमुख धर्मा सामन्तले जानकारी दिनुभयो ।
समितिमा महिला पदेन सदस्यमा तीन जना, एक जना वुद्दिजीवी, शिक्षा प्रेमी तीन जना, दलित सदस्य एक जना त्रीवी प्रतिनिधि एक जना, स्ववियु सभापती एक जना र मनोनित प्राध्यापकबाट एक जना गरी सर्वसहमत रुपमा १५ सदस्यीय समिति चयन गरिएको सामन्तले बताउँनुभयो ।
नयाँ चयन भएको व्यवस्थापन समितिमा लिला मिश्र, गीता पन्त, श्याम सिंह धामी, पुरन सिंह धामी, दिलप सिंह धामी, कालुराम लोहार, पिताम्बर पन्त, लोकेन्द्र सिंह धामी सदस्य रहेका छन् । यस्तै पदेन सदस्यमा गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, वडा नम्बर ८ का वडा अध्यक्ष केशर सिंह धामी, क्याम्पस प्रमुख र स्वावीयु सभापती रहेका छन् । प्राद्यापकहरुबाट एक जना सदस्य मनोनयन गर्न बाकी रहेको क्याम्पसले जनाएको छ । 

प्रकाशित मिति: सोमबार बैशाख ८, २०८२/Monday 04-21-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै