नासाको अन्तरिक्ष यान मंगलमा अवतरण सारथी खबर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सभियरेन्स नामक यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिना अगाडि पृथ्वीबाट प्रक्षेपण रिएको त्यस अन्तरिक्ष यानले ४७ करोड किलोमिटर दूरी पूरा गरी नेपाली समयअनुसार शुक्रबार विहान २ बजेर ४० मिनेटमा मंगल ग्रहको सतहमा अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गरेलगत्तै क्यालिफोर्नियाको कन्ट्रोल केन्द्रका वैज्ञानिकहरुले हर्षोल्लास मनाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि खुसी साँटेर बैज्ञानिकहरुलाई बधाई दिएका छन् । उनले यस्तो काम अमेरिकाले मात्र गर्न सक्ने र जुनसुकै कुरालाई सम्भव तुल्याउन सकिने भनेका छन् । यानले मंगलमा अवतरण गरेपछिको पहिलो तस्बिर पनि पठाइसकेको छ । यसले मंगल ग्रहमा अर्वौं वर्ष पहिले एउटा ताल रहेको र त्यसकै सहायताले जीवहरु बाँचेको तथ्यलाईं पुष्टि गर्ने प्रयास गरिन्छ । मंगलको ताल रहेको भनिएको जेजेरो क्षेत्रमै यान अवतरण गराइएको हो । मंगल ग्रहणमा जीवनको सम्भावनाको खोजीका लागि सन् १९७० पछिको यो पहिलो अन्भेषण हो । एजेन्सी । प्रकाशित मिति: शुक्रबार फाल्गुण ७, २०७७/Friday 02-19-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै बेबी डल बन्ने चाहनामा एक युवतीले लगाइन् १७ एसिड इन्जेक्सन पतिका सहयोगीसँग २० वर्ष प्रेम, वृद्धाश्रममा पुगेर विवाह ! डाक्टरलाई किन 'भूत विद्या' सिकाउँदै छ भारत ? जुरुक्क उठेर बोल्लान जस्ता सोमेश्वरगढीका ढुंगा जसको थियो देवरसँग अफेयर, मर्ने बेलामा भनिन्, ‘श्रीमान्–छोरीलाई भनिदिनु’ यी हुन् मानिसलाई कंगाल पार्ने वास्तुदोष पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम