२०८१ बैशाख, १७ सोमबार

खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

दार्चुलामा खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । महाकाली नगरपालिका युवा तथा खेलकुद परिषद दार्चुलाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
युवा परिषद दार्चुलाका अध्यक्ष लोक बिक्रम सामन्तको अध्यक्षतामा भएको प्रतियोगितामा महाकाली नगर प्रमख नरसिह चैसिरको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथि पूर्व ब्याडमिन्टन संघ दार्चुलाका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभाका निर्वतमान सांसद गेल्बुसिह बोहरा लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा दार्चुला र धार्चुलाका गरि ३२ टिमको सहभागिता रहेको छ । चार वटा पोलमा विभाजन गरिएको प्रतियोगिता प्रतियोगिता नकआउट चरणमा खेल भइरहेको छ । 
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद २२ हजार २२२ रुपैयाँ नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले नजाएको छ । यस्तै दोेस्रो हुने टिमलाई नगद ११ हजार १११ तथा तृतीय हुने टिमलाई नगद ५ हजार ५५५ नगद शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सामन्तले जानकारी दिए । 
खेल सूर्य प्रकाश होटलको खेलमैदानमा भइरहेको छ । 

 

प्रकाशित मिति: सोमबार असोज १, २०८०/Monday 09-18-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै