२०८१ बैशाख, १७ सोमबार

त्रिकोणात्मक टी–२० क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

नेपालमा जारी त्रिकोणात्मक टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । आज बिहान साढे ११ बजे टीयू क्रिकेट मैदानमा फाइनल खेल हुन लागेको हो ।
नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच समूह चरणमा चार÷चार खेल भएका थिए । त्यसमध्ये नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग एक÷एक खेल हारेको थियो भने एक÷एक खेलमा जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।
नेदरल्यान्ड्सले पनि एक खेलमा नेपाललाई पराजित गरेको थियो भने एक खेलमा पराजित भएको थियो । त्यस्तै नामिबियालाई नेदरल्यान्डसले एक खेलमा पराजित भएको थियो । तर, नेदरल्यान्ड्स र नामिबियाबीचको दोस्रो खेल वर्षाका कारण रोकिएपछि खेल स्थगित भएको थियो ।
उता नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरे पनि अर्को खेलमा नेपालसँग पराजित हुन पुग्यो । त्यस्तै नेदरल्यान्ड्ससँग पहिलो खेलमा पराजित भएको नामिबियाको नेदरल्यन्ड्ससँगको दोस्रो खेल वर्षाका कारण रोकिएपछि उपाधि होडबाट बाहिरिएको हो ।
जसअनुसार चार खेलबाट पाँच अंकका साथ नेदरल्यान्ड्स फाइनलमा पुगेको हो भने समान खेलबाट ४ अंक बटुलेको नेपालले पनि फाइनलको यात्रा तय ग¥यो । उता समान खेलबाट २ अंक मात्र बटुल्न सकेको नामिबिया उपाधि होडबाट बाहिरिएको हो ।

प्रकाशित मिति: मंगलबार फाल्गुण २२, २०८०/Tuesday 03-05-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै