अपिमा सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हुने योगेन्द्रसिह धामी अपिहिमाल गाउँपालिका दार्चुलाको अपिहिमाल गाउँपालिकामा जिल्लाकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । अपिहिमाल गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप अन्तरपालिकास्तरीय टी २० क्रिकेट प्रतियोगिता हुने भएको हो । आगामी कात्तिक १० गतेबाट जिल्लाकै सर्वाधिक उचाइमा रहेको खात्ती क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५१ हजार एक सय ११ नगद, मेडल प्रमाणपत्र तथा ट्रफि प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुने टिमले नगद एक लाख एक हजार, एक सय ११ तथा मेडल प्रमाणपत्र तथा ट्रफि प्राप्त गर्नेछ । प्लेयर अफ दि टुर्नामेन्ट हुने खेलाडीले १० हजार नगद मेडल तथा ट्रफि, बेस्ट बलर, ब्याटर र इमर्जिङ प्लेयरले पाँच हजार नगद, मेडल तथा ट्रफि पाउने छ । भने म्यान अफ दि म्याच एक हजार नगद तथा ट्रफि, पाउने आयोजकले जनाएको छ । प्रकाशित मिति: आइतबार असोज २१, २०८०/Sunday 10-08-2023 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित आइसिसी अलराउन्डर वरीयताको शीर्ष ६ मा दीपेन्द्र दार्चुलाका सान : भरतले पेरिस पारा ओलम्पिक खेल्ने प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्दै एसीसी प्रिमियर लिग : हङकङमाथि नेपालको सहज जीत पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम