एसीसी प्रिमियर लिग : हङकङमाथि नेपालको सहज जीत सारथी खबर ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले हङकङमाथि सहज जीत हासिल गरेको छ । बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत हासिल गरेको हो । हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको छ । यो नेपालको तेस्रो लगातार जीत हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गर्दै हङकङलाई ११४ रनमा अलआउट गर्यो । हङकङका ओपनर अंशुमान रथले सर्वाधिक ३४ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिए । यस्तै, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडेका थिए । ११५ रनको सहज लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल सुरुबाटै आक्रमक अन्दाजमा प्रस्तुत भयो । ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई विष्फोटक सुरुवात दिलाएपछि नेपालले पछाडि फर्केर हेर्नु परेन । ओपनिङ जोडीले हङकङका बलरमाथि पूर्णरुपमा हावी भएर खेलेका थिए । आसिफ र कुशलबीच पहिलो विकेटका लागि ५.२ ओभरमा ७० रनको साझेदारी भएको थियो । कुशल १९ बलमा २ छक्का र ३ चौकासहित ३२ रन बनाएर आउट भए । आसिफले १८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ४० रन जोडे । जितको औपचारिकता कप्तान रोहित पौडेल र सन्दीप जोराले पूरा गरे । रोहितले २० बलमा तीन चौकासहित २५ रन र सन्दीपले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाएका थिए । यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरेको थियो । नेपाल अंकतालिकाको शीर्षस्थानमा रहेको छ । प्रकाशित मिति: सोमबार बैशाख ३, २०८१/Monday 04-15-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित आइसिसी अलराउन्डर वरीयताको शीर्ष ६ मा दीपेन्द्र दार्चुलाका सान : भरतले पेरिस पारा ओलम्पिक खेल्ने प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्दै त्रिकोणात्मक टी–२० क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका