आइसिसी अलराउन्डर वरीयताको शीर्ष ६ मा दीपेन्द्र सारथी खबर नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ छैटौँ स्थानमा उक्लिएका छन्। आइसिसीले सार्वजनिक गरेको वरीयताअनुसार दीपेन्द्रले तीन स्थान सुधार गरेका हुन्। उनको १९९ अंक छ। दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या र अक्षर पटेल, इंग्ल्यान्डका लिआम लिभिंघस्टोन, मोइनअली, दक्षिण अफ्रिकाका कप्तान ऐडन मारक्रम अस्ट्रेलियाका ग्लेन म्याक्स्वेल र मिचल मार्सलाई पछि पारेका छन्। वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा सानदार प्रदर्शन गरेका अस्ट्रेलियाका मार्क्स स्टोइनिस २३१ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन्। उनले एक स्थान सुधार गरेका हुन्। यसअघि शीर्ष स्थानमा रहेका बंगलादेशका सकिव अल हसन तेस्रो स्थानमा पुगेका छन्। श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो स्थानमा यथावत् छन्। प्रकाशित मिति: बुधबार असार ६, २०८१/Wednesday 06-19-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित दार्चुलाका सान : भरतले पेरिस पारा ओलम्पिक खेल्ने प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्दै एसीसी प्रिमियर लिग : हङकङमाथि नेपालको सहज जीत त्रिकोणात्मक टी–२० क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम