२०८१ बैशाख, १७ सोमबार

एमाले प्रदेश अधिवेशनको लागि दार्चुलाबाट छनोट भएका प्रतिनिधि यी हुन

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि दार्चुलाका आठ वटा स्थानीय तहमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको छ । मालिकार्जुन गाउँपालिका बाहेकका स्थानीय तहमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको हो । मालिकार्जुन गाउँपालिकामा भने प्रतिनिधि छनोट सर्वसम्मत हुन सकेको छैन् । सर्वसम्मत नहुँदा प्रतिनिधि छनोट बाँकी छ । 
सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २२ गते धनगढीमा हुँदैछ ।
दार्चुलाको अपिहिमाल गाउँपालिकाबाट उर्मीला बोहरा, शान्ति धामी र बालकुमारी बोहरा सर्वसम्मत चयन भएका छन् । अपिहिमाल गाउँपालिकाले महिलामात्रै प्रतिनिधि छनोट गरेको छ । दुइ जना पुरुष र एक जना महिला प्रतिनिधि छनोट गर्नुपर्नेमा सबै महिलामात्रै प्रतिनिधि चुनिएका हुन् । जसमा उर्मीला र शान्ति खुला तथा बालकुमारी महिला कोटामा चयन भएका छन् ।
यस्तै शैल्यखिर नगरपालिकाबाट रामदत्त जोशी, विजयसिह धामी, गंगादत्त जोशी, कर्णबहादुर खडायत, कमलराज विष्ट, कालु बहादुर चन्द, शान्ति खडायत, कलावती डागा र राजमति कपाडी छनोट भएका छन् । 
सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाबाट हरदेव जोशी, राजेन्द्रसिह सामन्त, नारायणदत्त भट्ट, खडकसिह बडाल, राजेशसिह नेपाली, हीरा अवस्थी, दुर्गा धामी र जमुना दमाई चयन भएका छन् । 
व्याँस गाउँपालिकाबाट भगत सिह ऐतवाल, नगेन्द्र तिंकरी, उपेन्द्रसिह धामी, निर्मला धामी र हेमा कुवर प्रतिनिधि छनौट भएका छन् । नौगाड गाउँपालिकाबाट लालबहादुर धामी, प्रेम सिह धामी, मंगलसिह ठगुन्ना, कमलसिह धामी, जनकसिह ठगुन्ना, मीनादेवी ठगुन्ना, र गौरा ठगुन्ना चयन भएका छन् ।
लेकम गाउँपालिकाबाट परमानन्द जोशी, पुष्पराज जोशी, माधवी जोशी र अमर पार्की सर्वसम्मत छनोट भएका छन् । दुहुँ गाउँपालिकाबाट उदय सिह बडाल, नरेन्द्र बडाल, गौरी बडाल, ताराकेशरी कुवर र गोविन्द महर सर्वसम्म चयन भए ।
मार्मा गाउँपालिकाबाट देवसिह महर, उमेशसिह खत्री र कमला विष्ट प्रतिनिधिको रुपमा छनोट भएका छन् ।

 

प्रकाशित मिति: सोमबार असोज १५, २०८०/Monday 10-02-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै