हावाहुरीले विद्यालयको छाना उडायो¸ पढाई प्रभावित लक्ष्मणसिह महता मार्मा गाउँपालिका ५ दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ तल्लोकाँडापारी मा रहेको भुमिराज आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएको छ । असार ३ गते सोमवार साँझ चलेको हावाहुरीले विद्यालयको चार कोठे भवनको छाना उडाएको विद्यालय प्रशासनले जनाएको हो । विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्टले जस्तापाताले छाएको चार कोठे विद्यालय भवनको पूरै छाना उडाएर जमिनमा थुपारेको बताउनु भयो । उनका अनुसार हावाहुरीले पत्थरले छाएको एउटा भवनमा समेत क्षति पुगेको छ । भवनमा क्षति पुगेसँगै विद्यालयभित्र रहेका शैक्षिक सामाग्रीमा क्षति भएको छ । २०६५ सालमा निर्माण भएको विद्यालय भवनमा यो दोस्रोपटक हावाहुरीले क्षति गरेको छ । यो ठाउँमा पक्की विद्यालय भवन निर्माण गरेमात्रै विद्यालय सञ्चालन गर्न सकिने अवस्था रहेको प्रधानाध्यापक भट्टको भनाई छ । २०५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको भवनमा क्षति पुगेपछि नियमित पढाई समेत प्रभावित भएको छ । भवनमा क्षति भए पछि पहिलो दिन विद्यार्थीलाई एउटै ठाउँमा राखेर पढायौं उनले भने, यस्तो गर्मीको बेला सबै विद्यार्थी एउटै ठाउँमा राख्न सकिने अवस्था छैन् । प्रकाशित मिति: मंगलबार असार ५, २०८१/Tuesday 06-18-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटना हुदा तीन जना घाइते नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको अध्यक्षमा मुरारीलाल टमटा चयन पूर्वराजाको स्वागतमा विमानस्थल प्रवेशमा कडाइ दिवस मनाउन दिएको रकम जोशीको उपचारमा सहयोग दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा