स्ववियु चुनावमा दार्चुला बहुमुखी क्याम्पस खलंगामा ४ सय ४९ मत खस्यो सारथी खबर कुल ४ सय ८५ जना मतदाता रहेको दार्चुला सदरमुकाम खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस खलंगामा बुधबार भएको निर्वाचनमा ४४९ मत खसेको छ । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा नेपाली काग्रेंस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल प्रतिस्पर्धामा छ । योपटकको स्ववियु सभापतिमा अनेरास्ववियुको तर्फबाट खडकसिह ठगुन्ना, अनेरास्ववियु क्रान्तिकारी र नेविसंघको तर्फबाट प्रकाश बडू तथा स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशी प्रतिस्पर्धी छन् । निर्वाचन समितिले आजै मतगणना गर्ने तयारी गरेको छ । प्रकाशित मिति: बुधबार चैत २६, २०८१/Wednesday 04-09-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दुर्गा प्रसाईँसहित ७ जनालाई ज्यान मुद्दा लगाइँदै, १९ वटा अनुसन्धान गर्न म्याद थप अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा सहमति नजुटेपछि अझै एक साता अध्यादेश संसद्मा नलगिने मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री वडा अध्यक्षको चुनावमा दार्चुलामा ६९ प्रतिशत मत खस्यो स्थानीय तह उपनिर्वाचन सम्पन्न, ६२ प्रतिशत मत अस्यो पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा