‘सुदूरपश्चिम उच्च जोखिममा छ, राष्ट्रिय संकट आउन सक्छ’ Sarathikhabar Caption कोरोना भाइरस कोभिड१९ को चौथो संक्रमित व्यक्ति उपत्यका बाहिर ९धनगढी० का थिए । दुबईबाट भारत हुँदै नेपाल आएका ती ३४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि चैत १४ गते नै सुदूरपश्चिममा खतराको घण्टी बजेको हो । त्यो घण्टी त्यसबेला अझ ठूलो आवाजमा गुञ्जन थाल्यो, जतिखेर मुलुकमै पहिलोपटक स्थानीय व्यक्तिमा यसको संक्रमण फैलियो । दुबईबाट आएका ती युवककी भाउजूलाई पनि कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले शनिबारदेखि नेपालमा कोरोनाको दोस्रो चरण सुरु भएको जनाएको छ । संक्रमित युवककी भाउजूलाई संक्रमण देखिएकै दिन सुदूरपश्चिम प्रदेशमा अन्य दुईजनालाई पनि संक्रमण पुष्टि भएको । योसँगै संक्रमितको संख्या नेपालमा ९ पुगेको छ । ९ मध्ये चारजना सुदूरपश्चिम प्रदेशका छन् । शनिबार पुष्टि भएका कैलाली र कञ्चनपुरका दुई युवक सीमा क्षेत्रमा हजारौंको भीड छिचोलेर आएको हुनाले यो मामिला जोखिमपूर्ण देखिएको छ । अहिले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा। गुणराज अवस्थीले बताए । ‘अहिले सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश जोखिममा छ । भारतबाट आएकाहरुको यकीन तथ्यांक छैन । उनीहरुमा पनि संक्रमण देखिन सक्छ’ अवस्थी भन्छन्, ‘यहीँबाट स्थानीयमा संक्रमण सुरु भएको छ । यो चिन्ताको विषय हो ।’ अहिले आम नागरिक सचेत नभए अवस्था भयावह हुन सक्ने उनी बताउँछन् । प्रस्तुत छ, स्वास्थ्य निर्देशक डा अवस्थीसँग गरेको कुराकानी – शनिबार एकैदिन सुदूरपश्चिमका तीनजनामा संक्रमण फैलिएको पुष्टि भयो । योसँगै प्रदेशमा संक्रमितको संख्या चार पुग्यो । अहिले यो प्रदेश कोरोनाको उच्च जोखिममा हो ? हो । अहिले सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश जोखिममा छ । भारतका विभिन्न सहरहरुमा कोरोना प्रवेश भएपछि त्यहाँबाट यस प्रदेशका लाखौँ मान्छे आफ्नो घर फर्किएका छन् । यो एउटा ठूलो जोखिम हो । अर्कोतिर, एकजना स्थानीयमा संक्रमण देखिएको छ । यो भनेको स्वास्थ्यमा अर्को चुनौति हो । शनिबार संक्रमण पुष्टि भएका दुईजना भारतबाट आएका हुन् । सरकारले नाका बन्द गरिसकेपछि आएका ती व्यक्ति भिडमा रहेको बुझिएको छ । उनीहरुसँग रहेका अन्य व्यक्तिहरु अहिले सरकारको सम्पर्कमा छैनन् । यसले थप जोखिम त बढायो नि, हैन ? हो । संसार लकडाउनमा थियो । भारत र नेपालमा पनि लकडाउन गरिएको थियो । त्यो अवस्थामा नेपाल छिरेका व्यक्तिमा संक्रमण देखिनु विडम्बना हो । कैलालीका संक्रमित गौरीफन्टा नाकामा एक हजार नागरिकसँग रहेको बुझिएको छ । कति घण्टा सँगै बसे र कति व्यक्तिलाई सारे भन्ने कुरा अनुमान लगाउनै कठिन छ । ती युवकसँगै क्वारेन्टाइनमा रहेका ४४ जनाको पनि नमूना संकलन गरेका थियौं । त्यस्तै कञ्चनपुरको क्वारेन्टाइनमा रहेका १३ जनाको पनि नमूना संकलन गरेर पठाएका थियौँ । धनगढीमा संक्रमित देखिएका पहिलो व्यक्तिको घरका ९ जनाको नमूना पठाउँदा उनकी भाउजूमासमेत संक्रमण पुष्टि भएको छ । कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहेका बाँकीको रिर्पोट आउन बाँकी छ । ती सबैको रिर्पोट आएपछि मात्रै कति संक्रमित छन् भन्न सकिन्छ । नेपालमा चौथो संक्रमित उपत्यका बाहिरको व्यक्ति भएको पुष्टि भयो । र, ती युवकबाटै स्थानीयमा पनि संक्रमण सर्यो । यसले त सुदूरपश्चिम प्रदेशबाटै देशभरि संक्रमण फैलिन्छ कि भन्ने चिन्ता पनि छ । यसको नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ? मैले अघि पनि भनें, सुदूरपश्चिम उच्च जोखिममा छ । यसलाई कसरी नियन्त्रण गर्ने, कसरी अघि बढ्ने भन्ने बिषयमा तीनै तहका सरकार गम्भीर छन् । आइतबार संघीय मन्त्रिपरिषद बैठकले पनि महत्वपूर्ण निर्णय गरेको छ । यता सुदूरपश्चिम प्रदेशमा पनि मन्त्री, मुख्यमन्त्री लगायत सबै यसैमा गम्भीर हुनुहुन्छ । अब कोरोनाविरुद्धको अभियान सुदूरपश्चिम प्रदेशबाटै सुरु हुन्छ जस्तो लागेको छ र हुनुपनि पर्छ । कोरोना दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरण पनि धनगढीबाट सुरु भएको छ । यसमा आम नागरिकलाई के भन्नुहुन्छ ? त्यो गौरीफन्टाको भीडमा कतिजना थिए, उनीहरु ठूलो जोखिममा छन् । उनीहरु सबैले आफ्नो स्थानीय तहमा जानकारी गराउनुपर्छ । अब स्वास्थ्यमा समस्या आउना साथ स्वास्थ्यकर्मीसँग समन्वय गरेर नमुना पठाउनुपर्छ । तर, स्थानीयमा संक्रमण जुन देखियो, यो दोस्रो चरणको हो । दोस्रो चरणमा स्थिति बढी भयाभह हुन सक्ने अनुमान हामीले गर्नुपर्छ । त्यसैले सुदूरपश्चिम प्रदेशमा थप जनशक्ति आवश्यक पर्न सक्छ । थप उपकरण आवश्यक पर्न सक्छ । यस विषयमा सबैले गम्भीर बन्नुपर्ने समय आएको छ । प्रदेशमा यस्तो अवस्था सिर्जना हुन सक्छ भनेर किन पूर्वानुमान भएन ? हरेक सय बर्षको वीचमा मानव जातिमा ठूलो संकट आइपरेको छ । जब कोरोना डिसेम्बरको अन्तिम समयमा देखा पर्ने थाल्यो, हामी मात्रै होइन, संसार नै तयारी अवस्थामा रहेनछ भन्ने कुरा देखियो । अमेरिका, इटाली, फ्रान्सजस्ता देशमा पनि त्यस्तो भयावह अवस्था सिर्जना भएको छ । अहिले नेपालमा पनि पूर्वतयारी कमजोर रहेछ भन्ने देखाएको छ । सुदूरपश्चिम प्रदेशमा अझै समस्या छ । विमानबाट आएकाहरुको तथ्यांक राख्न सजिलो हुन्छ । तर, सुदूरपश्चिम प्रदेशमा अधिकांश नेपाल(भारत सीमा नाकाबाट आएका छन् । नाकाबाट आएकाहरुको कुनै तथ्यांक छैन । भारतमा संक्रमण देखिएपछि कति नेपाल आए भन्नेबारे एकिन तथ्यांक नहुँदा यसको जोखिम कस्तो हुन्छ भनेर हामीले अनुमान गर्ने बाहेक ठोस रुपले भन्न सकिने अवस्था छैन । अनलाइन खबरबाट प्रकाशित मिति: सोमबार चैत २४, २०७६/Monday 04-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै महाकाली नगरपालिकाका नगर प्रमुख चैसिर भन्छन् : ‘शिक्षा पहिलो प्राथमिकतामा’ ‘म नायिका बन्दिनँ, हामीले अब हेर्ने चश्मा फेर्नुपर्छ’: अनुष्का श्रेष्ठ सात महिनासम्म पनि प्रधानमन्त्रीलाई भेट्न पाइनँ सरकार अलोकप्रिय भयो, त्यसैले हाम्रो जनमत बढ्यो योजना निर्माणमा केन्द्र सरकारको मानसिकता छुद्र छ पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु शिक्षा विकास तथा समन्वय इकाईको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश