२०८१ बैशाख, १७ सोमबार

सुदूरपश्चिममा मंगलबार थप २९ जनामा कोरोना पुष्टि


सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण गरिएका ४०३ नमुनाहरुमध्ये २९ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २८ जना र जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा एकजना गरी २९ जनामा कोरोना पोजेटिभ देखिएको हो । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २६१ नमुनाहरुमध्ये २८ जनामा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १३ जना, लम्कीचुहाँ नगरपालिकाका तीन जना, जानकी गाउँपालिका वडा नम्बर ३ का एकजना, मोहन्याल गाउँपालिकाका एकजना र गोदावरी नगरपालिकाका दुई जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
यस्तै कञ्चनपुरको पनर्वास नगरपालिका वडा नम्बर ५ का दुईजना, बेलौरी नगरपालिकाका एकजा, कृष्णपुर नगरपालिकाका एकजना, शुक्लाफाटा नगरपालिकाका एकजना र डोटीको के।आई।सिंह गाउँपालिकाका दुईजना गरी जम्मा २८ जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यस्तै जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ७२ नमुनाहरुमध्ये एक जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले मंगलबार डडेल्धुराका थप एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
उनले जिल्लाको अजयमेरु गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए । अन्य ७१ जनाको नतिजा भने नेगेटिभ आएको छ ।
उता जिल्ला  अस्पताल डोटीको प्रयोगशालामा मंगलबार गरिएको  परीक्षणमा सबै जनाको नतिजा नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ७० जनाको  रिर्पोट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार असोज १३, २०७७/Tuesday 09-29-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै