२०८१ बैशाख, १७ सोमबार

महेन्द्र नमुना माध्यमिक विद्यालयले यहि कार्तिक २३ गते देखि कक्षा ११ को परीक्षा सञ्चालन गदैँ


सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बन्धित विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेसंगै जिल्ला सदरमुकाम क्षेत्रमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय पनि यहि कार्तिक २३ गते देखि  बन्द रहेको कक्षा ११ को परीक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बन्धित विद्यालयलाई दिने नीतिगत निर्णय गरेसंगै नमुना विद्यालयले पनि रोकिएको कक्षा ११को परीक्षा सञ्चालन गर्ने भएको हो । 
विद्यालयले एक सुचना जारी गदै कक्षा ११ को परीक्षा सञ्चालन व्यवस्थापन,मुल्याङन ,नतिजा प्रकाशन,तथा प्रमाणिकरण कार्यविधि २०७७ बमोजिम विद्यालयले गर्नुपर्ने भएकाले कक्षा ११ का सम्पुर्ण नियमित,आशिक र ग्रेड बृद्धि परीक्षा आबेदन फारम भरेका परीक्षार्थीहरुको परीक्षा यहि कार्तिक २३ गते आइतबार बाट सञ्चालन गर्ने निर्णय भएको विद्यालयहका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनु भयो ।

परीक्षा सञ्चालन गर्दा कोभिड १९ को जोखिमलाई ध्यानमा राखि बन्द रहेका कक्षा ११ का परीक्षाहरु सञ्चालन गर्न लागिएको प्रधानाध्यापक जोशीले जानकारी दिनु भयो । विद्यालयले विज्ञान समुह र लेखा समुहको परीक्षा बिहान ८ बजे देखि सञ्चालन गर्ने छ भने शिक्षा समुहको परीक्षा दिउसो १ बजेबाट सञ्चालन गर्ने जनाएको छ । यस्तै आंशिक र गे्रड बृद्धि परीक्षार्थीहरुको परीक्षा पनि नियमित परीक्षार्थीहरुको विषय समुह अनुसार नै हुने पनि सुचना मार्फत जानकारी गराएको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११ को पठनपाठन सुरु भएकोमा केन्द्रीय तहबाटै परीक्षा सञ्चालन तथा विद्यार्थीको नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

प्रकाशित मिति: शनिबार कार्तिक ८, २०७७/Saturday 10-24-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै