२०८१ बैशाख, १७ सोमबार

सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित विमान चल्छ मन्त्री भट्टराई


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अब नियमित विमान चल्ने बताएका छन् ।
शनिवार धनगढी विमान स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले तत्काल पहाडका ३ जिल्लामा विमान पुग्ने र बाँकी जिल्लामा पनि विमान पुर्याउने योजना रहेको बताए ।
पहाडी ३ जिल्लाको हवाई उडान सेवाको परीक्षण उडानका लागि धनगढी पुगेका मन्त्री भट्टराईले पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने योजना सुनाए ।
बैतडी, डोटी र बझाङमा सातामा २ दिन विमान पु¥याउने लक्ष्य रहेको उनले बताए । उहाले सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लामा विमान सुरु भए सहज हुने विश्वास व्यक्त गरे । उहाले परीक्षण मात्रै नभई नियमित उडानसमेत हुने दाबी गरेका छन् ।
शनिवार मन्त्री भट्टराई सहित १६ जना यात्रु लिएर धनगढीबाट जहाज डोटी पुगेको छ । टोलीमा मन्त्री भट्टराईसहित संघीय सांसदहरू र प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका छन् ।
शनिवार नै डोटी, बैतडी र बझाङमा समेत परीक्षण उडानको उदघाटन हुने मन्त्री भट्टराईले बताए । उनले भने, ‘परीक्षण उडान सफल भएपछि निजी विमान कम्पनीलाई पनि धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने छ ।’
टोलीमा रहेका प्रतिनिधि सभा सदस्य प्रेम आलेले पहाडी जिल्लामा नियमित उडान सुरु भए पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए । उहाले आफूले विमान सुरु गर्न पटक–पटक संघीय सरकारलाई आग्रह गरेकोसमेत बताए ।
‘मैले सुरुबाटै पहाडी जिल्लामा विमान सुरु गर्नुपर्छ भनेर सरकारलाई आग्रह गर्दै आएको छु’ उनले भने, ‘अहिले परीक्षण उडान हुँदै छ । अब नियमित हुने छ ।’
सभार अनलाइन खबर

 

प्रकाशित मिति: शनिबार असोज १७, २०७७/Saturday 10-03-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै