२०८१ बैशाख, १७ सोमबार

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा आइतबार भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो ।संक्रमितहरुमा एक जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् ।
बिहीबार बाल सुधार गृहमा रहेका ३७ बालक, दुई कर्मचारी र एक सुरक्षाकर्मीको स्वाव संकलन गरिएको थियो । तीमध्ये दुई कर्मचारी र ११ बालकको रिपोर्ट नेगेटिभ आएको बाल सुधार गृह प्रमुख सानुमाया लिम्बुले बताउनुभयो । उनीहरुको अवस्था समान्य रहेको छ ।

प्रकाशित मिति: सोमबार कार्तिक १७, २०७७/Monday 11-02-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै