२०८१ बैशाख, १७ सोमबार

भारततर्फ गइरहेका यात्रुबाट रकम असुल्ने व्यक्ति पक्राउ


 नेपालबाट भारततर्फ गइरहेका नेपाली यात्रुबाट रकम असुलेको आरोपमा एक जनालाई पक्राउ परेका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित नेपाल भारत सीमा सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको टोलीले रकम असुल्ने कार्यमा संलग्न २५ वर्षीय कमल बोहोरालाई मंगलबार साँझ समातेको हो।  
अछाम मंगलसेन नगरपालिका २ स्थायी घर भै हाल धनगढी उप महानगरपालिका २ चौराहमा बस्ने गरेका बोहोराले यात्रुहरूलाई भारततर्फ जाने पास बनाइदिने भन्दै रकम असुलेको खुलेको छ। 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाका अनुसार बोहराले सल्यानका डम्बर खत्रीबाट आठ सय भारु, कैलालीको भजनी नगरपालिका १ का वर्ष २१ का कृष्ण बोहरा र सोही ठाउँका नन्दकला बोहराबाट एक हजार आठ सय रुपैयाँ असुलेका थिए। असुलेको रकम फिर्ता गर्न लगाइएको प्रहरी नायव उपरिक्षक थापाले बताए। पक्राउ परेका बोहरालाई हिरासतमा राखेर थप अनुसन्धानको कार्य भैरहेको उनले जानकारी दिए। 
यसअघि समेत बोहोरामाथि सीमा क्षेत्रमा भारततर्फ जाने यात्रुहरूबाट पास बनाई दिने बहानामा रकम असुलेको आरोप लागेको थियो। सीमा क्षेत्रमा तैनाथ प्रहरीले नियन्त्रणमा लिई बोहोरालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएपनि उनी छुटेका थिए। 
साभार थाहाखबर

 

प्रकाशित मिति: बुधबार असोज १४, २०७७/Wednesday 09-30-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै