२०८१ जेठ, ३ बिहीबार

यस कारण बन्याे कालापानीकाे मुद्दा राष्ट्रिय ?

  २०४८ चैत्र ३० गते सुदूरपश्चिमको भ्रमणको अन्तिम दिन दार्चुला खलंगाको आमसभा कार्यक्रम सम्पन्न गरेर जननेता क।मदन भण्डारी, क।विष्णु पौडेल, क प्रेमसिंह धामी संग बेलुकी कालापानी समस्याको सम्बन्धमा छलफल भयो। मैले नापीशाखाकोे नक्सा पनि महासचिवलाई बुझाए र संसदमा कुरा उठाउन आग्रह गरे। उहाँले ती सबै कुरा ग्रहण गर्दै भन्नुभयो, ‘त्यहाँको स्थलगत भ्रमण गर्ने मौका नपाएकाले वास्तविकता केहो रु भन्ने बारे हामी सबै अनभिज्ञ छौ। सीमा बिवादबारे गहन अध्ययन, बिष्लेशण गरेर मात्र पार्टीको धारणा सार्वजनिक गर्नु उचित हुन्छ। ‘लामो समय सम्म यस्तो संवेदनशील विषयमा हामीले मौन बस्नु पनि उचित हुदैन। यसर्थ सकेसम्म छिटो तपाईले त्यहाँको स्थलगत भ्रमण गरी प्रतिवेदन सहित काठमाडौे आउनु पर्छ,’ भन्ने निर्देशन दिनुभयो।

२०४९ साल बैशाख देखिनै स्थनीय निर्वाचन लगायतमा हामी जुट्नु परेकोले मैले जिल्ला विकास समिति सदस्यमा निर्वाचित भैसकेपछि त्यस क्षेत्रको पहिलो स्थलगत भ्रमण गरेर नक्सा सहितको यथार्थ विबरण २०४९ मंसिरमा बागबजार पार्टी कार्यालयमा जननेता क।मदन भण्डारीलाई पेशगरे र उहांकै निर्देशनानुसार त्यसको फोटोकपि दृष्टि साप्ताहिकमा प्रकाशानार्थ बुझएको थिए। केही दिनपछि उक्त लेखलाई तोडमरोड गरी विनोद ढुंगेलले आफ्नो नामबाट प्रकाशित गरेको कुरा क।प्रेम सिंह धामीबाट थाहा पाए। स्थानिय पार्टी काममै केन्द्रित रहनुपर्ने परिस्थितीका कारण तत्काल त्यसको खण्डन हुन सकेन।
त्यसपछि २०५३ मा महाकाली सन्धी अनुमोदनको बिषयमा पार्टी भित्र विवाद उतपन्न भई पार्टीका जिम्मेवार नेताहरु र सांसदहरु लगायत हाम्रो जिल्लाबाट निर्वाचित सांसद प्रेमसिह धामीले समेत संसदमा दिएको अभिब्यक्ति ‘तिंकरको शैनिक पोष्ट हटाउनु पर्छ,’ भनेको सुन्ने बितिक्कै धामी कमरेड लाई त्यस्तो नबोल्नुस, किनभने तिंकरमा रहेको चेकपोष्ट भनेको त हाम्रो सीमा प्रहरीको थाना हो। भारतीय सुरक्षा सेना रहेको (आइटीबिपी) क्याम्प तिंकरबाट २३ र २४ किलोमिटर पश्चिम कालापानी भनिएको तुलसी न्युराङको सैनिक क्याम्प हटाउनुपर्छ भन्नुस, भनी फोनबाटै बताउँदा पनि धामी कमरेडले वेवास्ता गर्दै, ‘यहाँ सब चल्छ, केही फरक पर्दैन । तपाई चुप लाग्नुस’ भन्नुभो। तर मैले चित्त बुझाउनै सकेन र उर्वा कमरेडसंग पनि त्यो कुरा राखेपछि उहाँले तपाइको स्थलगत बिवरण उपलब्ध गर्न भन्नुभो।

त्यसको दुईरतीन दिनपछि दार्चुला बजारमा केही ब्यापारी साथीहरु संग बसेर भलाकुसारी गरिरहेको बेला एकजना भारतीय सर्बसाधारण स्थानीय जस्तो मान्छे आएर ब्यापारीहरुसँग हाथ मिलाउदै त्यसमा मिसिए। मैले कुनै ग्राहक ठानेर वास्तै गरिन, तर त्यो मान्छेले मसंग हात मिलाउदै भन्न थाल्यो, ‘देखिए, आप यहाँके एमाले पार्टीके नेताजी है, मै आपको जानता हुँ।’ म छक्क परे, मैले नचिनेको, न कहिले भेटेको मान्छेले मेरो नाम, ठेगाना समेत थाहा पाएको भनेपछि मैले तपाईको घर काहाँ हो रु भनेर सोधेको मात्रै के थिएं उ सरासर भन्न थाल्यो, ‘मेरा घर पार धारचूला बाजारके बगलमे है। मै आपको अच्छी तरह जानता हूँ। और आपके यमपी धामीजी को भी जानता हूं, जो परसो पार्लियामेण्टमे आपका तिंकर स्थित ताक्लाकोट बोर्डर का चेकपोष्ट हटानेकी माग कर रहेथे। खैर जो कुछ भि हो, आप एमाले कम्युनिष्ट पार्टीवाले जो चाइनाके कम्युनिष्ट सरकारके साथ अच्छा संबन्ध बनाने हेतु अपनी उत्तरवर्ति सीमा चौकियां हटानेका कार्य जो करना चाहते हो। यह कार्य आप लोगौके राष्ट्रिय हित मे कतई ठीक नहीं होगा।

ऐसा होगया तो नुक्सान आपकोहि ज्यादा होगा।’ यस्तै धेरै कुरा सुनेर त्यहां बसेका सबै जिल्ल परे। मलाई त्यो सुनेर छांगाबाट खसेझै लाग्यो। हामीले सोच्दै नसोचेको र उत्तरी सीमा चौकी हटाउने कल्पनै नगरेको कुरा सुनेर मलाई असह्य भए पनि धेरै साचेर जवाफ दिए। तपाईले सुनेको कुरा तिंकरको चेकपोष्ट हटाउनु पर्छ भनेको ठिकै हो, तर तपाईले आधा कुरा मात्रै सुन्नुभो बाँकी कुरा पनि सुन्नुस, ‘त्यो चेकपोष्टलाई वास्तविक कालापानीमा राख्नु पर्छ र कालापानी भएकोे तुलसीन्यूराङबाट भारतीय आईटिबिपी क्याम्प हटाउनुपर्छ भन्ने कुरा पनि उठेकोछ,’ मैले थपे। यो सुनेर उसले एकछिन सोच्दै भन्यो, “क्या ऐसा भी हो सकता हैरु’ जवाफमा किन हुन सक्तैन रु वास्तविक महाकालीको मुहान त्यही होईनरु अनि सीमानामा भएको अतिक्रमण सम्बन्धमा संसदमा कुरै उठाउन सकिदैनरु त्यसपछि उसले प्रतिवाद गरेन। केहीवेर अरु नै गफगाफ पछि आगन्तुक बिदा भएर हिड्यो। उ गएपछि ब्यापारी साथीहरुले मलाई धन्यबाद दिदै भने, ‘वास्तवमा तपाईले त्यसलाई मुहतोड जवाब दिनुभयो।’

मलाई भने त्यो कुराले निकै आघात पर्यो। चार बर्ष पुरानो लेख सम्झेर तयार गरे। स्थलगत भ्रमणको नक्सा पनि तयार पारेर पुरानो एक्सरे सिटभित्र बेरेर सुटकेशभित्र राख। अनि तुरन्तै काठमाण्डौ जाने तयारी गरे। पर्सिपल्ट एकजना भाई साथमा लिएर सांझ भारतको धारचूला स्थित यास होटलमा बास बस्न कोठा लियौ। बेलुका छिट्टै खाना खाएर बिहान ४ बजेको बसमा जानु पर्ने हुँदा करिब ९ बजेतिर सुत्ने तरखरमा लागेका मात्र के थियौ ढोकामा नक गरेर होटलको मेनेजर जोशीजीले भने तपाईको कोठा चेकिङमा साबहरु आएका छन्। मैले ढोका खोल्दा त्यहाँ बर्दिमा ईन्सपेक्टर सहित ५।७ जना पुलिस र सादा पोषाकमा यस।डि।यम। लगायत ४÷५ जना अरु थिए। उनीहरुले कोठामा पस्ने अनुमती मागे। मैले पनि सर्च वारण्ट मागे। सर्चवारण्ट नभएपछि मैले पनि भन्ने मौका पाए। केहिबेरको डिस्कसपछि मलाई पनि सुटकेश देखाएर यिनीहरुबाट छुटकारा पाउनु नै उचित लाग्यो।

उनीहरु मध्ये एकजनाले सुटकेश खोल्यो र अरु केहि नहेरी नक्सा बेरेको एक्सरे खोलेर नक्सा मात्र हातमा ल्याएर यो के होरु कहाँको होरु, किन बोकेकोरु यो नोटिफाईड एरियाको नक्सा गैरकानूनी भएकोले तपाईले हामीसंग थानामा जानुपर्छ। भन्ने जस्ता अनेकौ प्रश्न गरे। त्यसको जवाफमा मैले पनि आफ्नो जिल्लाको नक्सा बोक्न तपाईको कुनै कानूनले रोक्दैन। अनि यदि तपाईसंग मेरो एरेष्ट वारण्ट छ भने म तपाईहरुसंग जान तयार छु, अन्यथा बलजफ्ति गर्न पाउनुहुन्न भने पछि मेरो परिचय पत्र मागे। मसंग परिचय पत्र र नागरिकता समेत केहि थिएन। जिविस महासंघको बैठकमा भागलिन जाने भन्ने जिविस दार्चुलाको पत्र को आधारमा मलाई त्यहां पुलिसको पहरामा राखे। नक्सा लिएर फोटोकपि गरेर फिर्ता बुझाउने सर्तमा मलाई त्यहां नजरबन्दमा राखे। करिब तीन घण्टा पछि मेरो भरपाई लिएर उक्त नक्सा फिर्ता गरियो। तर मलाई भने यस घटनाले निकै चिन्तित बनायो। मेरो सुटकेश भित्रको पनि भित्री पानामा एक्सरे सिटसंगेै बेरेर राखेको नक्सा निकाल्दा उसले आफैले राखेको जस्तो गरि निकालेको थियो।

यस घटनाले हाम्रो गोपनीयता र सुरक्षा संबन्धमा गम्भिर प्रश्न चिन्ह खडा भयो। तीन दिन पहिले बजारमा भएको सम्बाद र आजको खानतलासी बिचको तादम्यता के छरु हामी सीमावाशी जिल्लाका नेताको यो हविगत छ भने दिनहुँ महाकाली नदीमा तुईन र ट्यूब तरेर सीमाना पारी मजदुरी गर्नेहरुको त्यसमा पनि महिलाहरुको कस्तो बिजोग हुन्छ होलारु अनि केहिदिन पहिले सधैं जसो मजदुरी गर्न इण्डिया जाने मध्येका एकजना मोहन सिंहले भन्नुभएको कुरा सम्झे, ‘भोको पेटलाई राष्ट्रियता होइन रोटी चाहिने रहेछ।’ यस्तै धेरै जनताको विजोग हुँदा समेत सम्वेदनहीन सरकारी रवैया सम्झदै रात बित्यो।
अर्को बिहानै त्याहाँबाट प्रस्थान गरेर चौथो दिन राति काठमाण्डौ पुगेर माउण्ट भ्याली भ्यूं हाटेलमा बसेकोमा बिहान बाथरुमबाट फर्किदा सुटकेशको लक तोडेर कालापानीको लेख र नक्सा गायब थियो।

सोही दिन जिविस महासंघको बैठकमा कुरा उठाउँदा महासंघका साथीहरुले यो बिषय राष्ट्रियता संग गाँसिएकोले तपाईले तुरन्त पत्रकार सम्मेलन गर्नुपर्छ भन्ने सल्लाह अनुसार बेलुकी पुनः नक्सा र विवरण तयार गरे। २०५३।६।२४ गते हाम्रो पार्टीको संसदिय दलको कार्यालयमै पत्रकार सम्मेलन गरियो। त्यसको एक कपि क।उर्वादत्त पन्त लाई दिए। उहांले सोही दिन संसदमा कुरा उठाउनु भयो। भोली पल्ट प्रकाशित जन धारणा लगायत धेरै पत्रिकाहरुले प्राथमिकता साथ उक्त खोसिएको नक्सा सहित खवर छापे।

केही दिन सम्म संसदमा पनि बहसको बिषय भयो। तर त्यसको परिणाम केहिपनि निस्केन। त्यसपछि धेरै वर्ष सम्म पनि कँही कतै त्यसको चर्चा समेत नहुँदा निकै चिन्ताको विषय भएका अवस्थामा भारत चीन सन्धिपछि पुनः निकै चर्चा भएको छ। तर बिगतमा जस्तै भविष्यमा पनि सेलाएर नजाला भन्न सकिदैन। हाम्रो राष्ट्रिय अखण्डता र सार्वभौमिकताको विषय भएकोले अहिले पनि यो कुरा उत्तिकै महत्वपूर्ण ठानेर संक्षिप्तमा उल्लेखगर्ने प्रयास गरेको छु।

लगत भ्रमाणमा जे देखियोे
स्थानिय निर्वाचन २०४९ पछि बसेको जिविसको पहिलो बैठकमा पंचायत कालमा निर्मित विकास आयोजनाहरु निरीक्षण गर्न हाम्रो टोली २०४९ भाद्र २५ गते दुहुँ र ब्याँसको भ्रमणमा निस्कियो। महाकालीको किनारमा निर्मित घोडेटोमा उकाली ओराली, खोला नाला पार गर्दै चौथो दिन छाङरु नजिकैको गागामा खाना खाएर सीमा प्रशासनका फकिरसिंह धामीको कोठामा सुत्न गयौं। धामीजीको भनाई यस्तो थियो, ‘यो वास्तबमा धेरै पुरानो समस्या हो । हामीले हरेक बर्ष मन्त्रालयमा रिपोर्ट पठाउदै आएकाछौ, तर सुनुवाई केहि हुदैन।’

अर्को दिन हामी तिंकर भंसार र तिंकर छ्यालेक स्थित हाम्रो सीमा प्रहरी थानाको अवलोकनमा पुग्दा त्यहाँका सई चन्दजी लगायतसंग बस्दै गर्दा त्यसमाथिको कैलाश मानसरोवर जाने नागबेली परेको घोडेटो अनि लिपु भञ्ज्याड ९तिंकर भन्ज्याङ० प्रष्ट नजिकै जस्तो देखिन्थ्यो। तर त्यहाँ पुग्न लेक लाग्ने हुँदा ३÷४ घंण्टा लाग्ने रहेछ। त्यतैबाट ताक्लाकोट ९कैलाश मानसरोबर० पुग्ने तीब्र चाहना भएपनि समयाभावले कालापानी छुट्ने भएकोले बास बस्न तिंकर फर्कियौ। अर्कोदिन फर्केर गागामा पहिलेकै ठाउँमा बास बस्यौ। भोली पल्ट बिहानै हामीले त्यहाँ सीमा प्रशासन कार्यालयबाट परमिट बनाएर सीमा प्रहरी चौकी सीतापुलबाट चार जना सुरक्षाकर्मी सहित दिउसोको खाजा चिया समेत बोकेर महाकाली नदीको किनारै किनार उत्तर पश्चिम लाग्यौं। बगरको घना सल्लाघारीमा बाटो छिचोल्दै कावा मैदानमा पुग्दा केहि फराकिलो फाँंट देखियो। त्यही दोभानमाथि बसेर चारैतिर नियाल्यौं।

धेरै फडानी भएको जंगल माथिको न्याहुरको बथान, घोरल, कस्तुरी नाचेको मनोरम दृष्य अझ त्यसको ठीक पारी दोभानको बिचमा स्थित गुन्जि गाउँमा केहि बाक्लो बस्तीको छेउमा सैनिक क्याम्प। त्यसको उत्तर पश्चिमबाट आएको ठूलो नदीसंग उत्तर पूर्वबाट आएको सानो खोला मिसिएको, जुन अर्को भन्दा दशाँै भाग सानो छ । त्यसैलाई नै महाकाली नदी भनेर नामाकरण गरिएको रहेछ। त्यसै खोलामा काठको कच्ची पुलबाट वारीको जंगलका काठहरु ओसार्दै गरेको देखिन्थ्यो। त्यसको माथि ओम पर्वत र छोटे कैलाश लगायतको फोटो खिच्यांै। केहिवेरपछि हामीहरु त्यसै खोलाको किनारै किनार उत्तर तर्फ लाग्यौं।

दिउसो एक बजेतिर हामी कालापानी भनिने तुलसीन्यूराङ देखिने ढिस्कोमा पुग्यौ। त्यहाँबाट सिधै तलतिर खोलामा फलामे पूलको नजिकै हेलीप्याड छेउबाट बनाईएको बाटोको ३०÷४० मिटर उत्तरपट्टी बगरमा सानो नालीकोे डिलमा पुगेर त्यस बगरका सैनिक बंकरहरुतर्फ निर्मित प्रवेशद्घारतिर जान खोज्दा परबाट आवाज आयो, ‘रुको आगे मत बडो, नही तो गोली चलेगी’ हामी त्यही अडियौं। एकजना सैनिक आएर हाम्रो परिचय, आउनुको उद्देश्य आदि सोधेर भित्रबाट अनुमति नआउँदासम्म कतै नजानु भनेर गयो। धेरै बेरसम्म कोही नआकोले हामी त्यस नालीे वारीको डिलको किनारै किनार हिडेर थोरै माथि निर्मित सानो १०÷१२ फिटको पोखरी, तुरतुरे पनीको धारा छेउमा बनेको सानो मन्दिरमा पुगेर घन्टी बजाएका मात्र के थियौं, त्यहाँ एकजना सिभिल कर्मचारी आएर हामीलाई नानाभाति प्रश्न गर्न थाले। ‘आपलोग कहाँ से आएरु क्युँ आएरु क्या काम हैरु क्या करना चाहते होरु’ आदि ।

त्यसको जवाफमा मैले हामीहरु जिल्ला विकास समितिका प्रतिनिधि, कर्मचारी र सीमा प्रहरी सहितको टीम आफ्नो सीमाको बाटो घाटोको अवस्था र सीमा समस्याको यथार्थता बुझ्न आएका हौँ, भन्ने कुराबाट सुरु गर्दै उनको परिचय मागे। उनी पिथौरागढ सिमलगैर निवासी बसेडा थरका थिए। त्यो नाकाको अध्यागमन अधिकारी उनी नै रहेछन्। सबैको परिचय दिएर आफ्नो परिचयमा नेकपा एमालेको जिल्ला सचिव र डि।डि।सि। मेम्बर भनेर दिएकोमा उसले जिल्ला कमिटि सचिवको वास्तै गरेन, बरु डि।डि।सि।मेम्बरको निकै सम्मान गरेर हात मिलाउदै मन्दिर छेउको पेटीमा बस्न आग्रह गर्यो। हामी केहीबेर त्यही बसेर कुराकानीको क्रममा सोध्यांै, हाम्रो दुबै देशको सीमानदी महाकाली होरु उसले भन्यो, हो।

महाकालीको उद्गमस्थल कालापानी होरु उसले सहमति जनायो । अनि कालापानी कुटी नजिकै रहेको ठूलो ताल होइनरु उ अकमकियो। फेरी महाकाली त्यही ठूलो नदी होइन जुन कालापानीबाट निस्केर कुटी, नावि हुदै गुन्जीमा यहाँबाट बगेर गएको यो तुलसी खोलामा मिसिएर जान्छरु उ कुनै चोर पक्रिए झै हडबडाउदै भन्न थाल्यो, ‘होनेको तो है मगर हमको उपरसेही इसीको कालापानी, काली मन्दिर और इसी नालीको महाकाली नदी बताया गया है एवं इसके उप्पर धार होते हुए इसीकी चोटी तक नेपाल इण्डियाकी सीमा चाइनाके साथ मिलति है।

बस हमको इससे ज्यादा बोलनेकी अनुमती नही है।’ फेरि के केन सोध्ने हुन भनेर सटपटाएर भन्न थाल्यो, ‘माफ किजिए, अन्दर गेष्ट आए हंै, मै आपको अन्दर लेके एक कप चाय भी नहीं पिला सकता, मै बहुत जल्दिबाजीमे हुँ।’ भन्दै हिडन लाग्दा मैले सँगै बसेर मन्दिर र पोखरी छेउको फोटो खिच्ने प्रस्ताव गरेकोमा उनले स्वीकार गरेकोले संयुक्त फोटो खिच्यौ। संगसंगै त्यो नाली, गेट र क्याम्पका पनि फोटो खिचियो। उ एकदमै हतारिएको थियो, बिदाईका हात मिलाउदै गर्दा हामीले फर्किदा पारिपट्टीको सजिलो बाटो भएर सीतापुल सम्म जाने भन्यौ, उसले ‘आपकी मर्जि’ भनेर स्वीकृति दियो। अनि नाली किनार हुँदै हेलिप्याड भएर फलामे पुल तरेर पारिपट्टीको घोडेटो बाटो भएर फर्कियौं। तल आएर सीतापुल तरेर गागा पुग्दा साँझ परिसकेको थियो।

कालापानी
यो नै महाकाली नदीको उद्गम स्थल हो। स्थानीय शौका समुदाय को भाषामा महाकाली नदीलाई कुटी याङ्ती भनिन्छ। कुटी नाम गरेको गाउँको याङ ठूलो स ती पानी। ठूलो पानी जुन कालो छ, त्यसैलाई महाकाली भनिएको हो। भारत सरकारको ब्रिटिसकालीन बिभिन्न नक्साहरुमा सुगौली सन्धिकै आधारमा महाकालीको मुहान कुटी छेउको ठूलो तालबाट निस्केको देखिएको छ भने नेपाल–भारत सीमाना त्यसको पनि उत्तर डावै मैदान हँुदै लिम्पिया धुरासम्म देखाएको छ। यसको ऐतिहासिक प्रमाणको रुपमा राणा शासनकालमा नेपाल सरकारबाट ब्याँसका मुखिया –जिम्मावाल लाई दिईएको सनद पत्रमा कुटी, नावी, गुन्जी, छांगुरु र तिंकर समेत पाँँचवटै गाउँको सिर्दो ९मालपोत० उठाउने भनी लालमोहर लगेको पत्र देख्ने मानिसहरु अझै जीवित छन। त्यहाँका जनतासंग जग्गाको प्रमाण र मालपोत तिरेको रशिद अहिले पनि सुरक्षित छ ।

हाम्रो गाउँका बुढापाकाहरु उहिले (सन् १९६० भन्दा पूर्व) ताक्लाकोट ब्यापारमा जाँदा, गुन्जी, नावी र कुटीको बाटो हँुदै त्यस उत्तरको डाबै मैदान (खरकौं) बाट लिम्पिया धुरा पार गरेर ताक्लाकोट (केैलाश मानसरोवर छेउ_ सम्म जाने गरेको तथा कुनेै बर्ष व्यापार खुल्न ढिलाइ भएमा कुटी गाउँको छेउमा टेन्ट गाडेर कालापानी तालको आसपासमा हप्तौं भेडा बाख्रा चराउने गरेकोमा सन् १९६१ पछि हामीलाई उक्त कुटी कालापानीको बाटो बन्द गरिएपछि २÷३ चोटी तुलसीन्यूराङ (हालको कालापानी_ भएर ताक्लाकोट गएको र धरैपछि मात्र हाम्रो बाटो छाङ्रु, तिंकर हुँदै लिपुलेक भएर जाने गरेको हो, भन्नेहरु अहिले पनि जीवितै छन्।

सन् १९६०÷६१ को भारत चीन युद्धको समयमा भारतीय सेनाको ब्यारेक राख्ने खाली ठाउँ नेपालको ब्याँस गाबिस वडा नं १ मा रहेको तुलसी न्यूराङ बगर भएको र पछि त्यसै बगरछेउमा नक्कली कालापानी र काली मन्दिर समेत बनाएर त्यस उत्तर पश्चिमको हजारौं हेक्टर जमीन भारततर्फ विलय गर्ने कार्यमा नेपालको तत्कालीन पंचे सरकारले सार्वजनिक रुपमा एक शब्द बोलेको सुनिएन। त्यसवेला निर्जन ठाउँ भएको र उत्तर तर्फका हाम्रा सीमा चौकीमा समेत नेपालीहरु संगै भारतिय सुरक्षा अधिकारी रहने व्यवस्था र अतिक्रमित क्षेत्रका जनतालाई भारत सरकारबाट सामाजिक, आर्थिक सम्बृद्धिका कार्यक्रम लागु गरेर बिभिन्न किसिमका सुविधा एवं आरक्षण दिएको कारण यो समस्या ओझेलमा परेको थियो।

यता नेपाल तर्फका जनताहरु भने महंगी, अभाव र गरीबिको चपेटामा परेर कष्टसाध्य जीवन जीउने बाध्यताका कारण अतिक्रमणको बिरोध हुन सकेन। २०४१÷०४२ सालमा गोस्वरा नापी टोलीले नक्सांकनमा कुटी छेउको ९कलापानी० को सट्टा तुलसी न्यूराङलाई कालापानी भनि उल्लेख गरिएको विषय २०४८ पछिमात्र बाहिर आएपछि जनताको कडा बिरोध एवं आपत्ति रहेको थियो। त्यसबेला देखिनै हाम्रो पार्टीको आन्दोलन र विरोध जारि छ।

विरोधको परिणाम कस्तो रह्यो ?
कालापानी समस्या पाँच दशकभन्दा बढी पुरानो हो। त्यहाँको अतिक्रमण सम्बन्धमा स्थानिय सरकारी संयन्त्रको नाउँमा उत्तरी सीमामा नेपाल भारत संयुक्त टोली रहने व्यवस्थाले पनि भारतको विपक्षमा कुरा उठने सम्भावना रहेन। जिल्ला सदरमुकामबाट ८० किमि भन्दा बढी दुरी हुनु अनि नेपाल भएर त्यहाँसम्म पुग्ने पैदल बाटो समेत नभएका कारण भारतको बाटो भएर मात्र आवत जावत गर्नुपर्ने बाध्यताले गर्दा देख्नेहरु मौन रहे। त्यसको २५÷३० बर्षपछि ब्याँस सम्म घोडेटो बनेपछि मात्र सीमा प्रशासन र सीमा प्रहरी चौकीहरु ६ महीना सम्म त्यहाँ बस्न थालेदेखि केहि रिपोर्टिङ हुने गरेको थियो। त्यसबेला सम्म ती ठाउँहरुमा प्रवेश निषेध गरी जौलजिवी उत्तर नोटिफाइड एरिया घोषणा गरेर उसकोे परमिट बिना छिर्ने नेपालीहरुलाई थुनछेक गरी मुद्दा लगाउने समेत गरेकोले त्यसको बिरोधमा बोल्ने कसैले आँटै गरेनन्।

२०४६ को राजनीतिक परिवर्तनपछि हामीले विशेष महत्व दिएर त्यसको स्थलगत भ्रमण र नक्सांकन गरी पठाएको प्रतिवेदन कै आधारमा संसदमा समेत आवाज उठेको थियो। हाम्रो पार्टीको तर्फबाट सरकारलाई दिएको सुझावको वेवास्ता गरिनु र त्यस क्षेत्रको नक्सा बोके बाफत यो लेखकलाइ यास होटेलमा गरेको अभद्र ब्यवहार ९माथि उल्लेखित० मात्र नपुगेर २०५६ को आम निर्वाचनको पूर्व संध्यामा भारतको सरकारी पत्रिका नव भारत टाइम्सको हवाला दिदै कान्तिपुरमा समाचार छापियो, ‘आम निर्वाचनमा उम्मेदवार बिभिन्न पार्टीका विभिन्न व्यक्तिहरुका साथै नेकपा ९एमाले० चितवनका जागृत प्रसाद भेटवाल र दार्चुलाका वीरबहादुर ठगुन्ना आइ।यस।का एजेन्ट हुन्। त्यसको तत्कालै पार्टीबाट र व्यक्तिगत समेत खण्डन भयो तर निर्वाचनमा हराउन दिल्लीदेखिको स्रोत साधन र बल प्रयोग गरियो ।

पार्टी विभाजनको र सम्पुर्ण विपक्षीहरुको एमाले हराउमोर्चाका वावजुद २०५१ सालको भन्दा २ हजार बेसी मत पाएर पनि देशी बिदेशी सम्पुर्ण शक्तिका सामु जनताको व्यापक जनमत निरीह जस्तो हुनपुग्यो। राष्ट्रियताको झण्डा उठाए बाफत विदेशीको एजेण्टको झुट्टा र निराधार आरोप लगाउदै चरित्र हत्या हँुदा समेत सरकार मौन रहनु गम्भिर चिन्ताको विषय भएको छ। त्यस्तै पछिल्लो समयमा सांसद प्रेमसिंह धामीले संसद र विभिन्न संचार माध्यमाबाट चर्को आवाज उठाउँदा पनि सरकारले ध्यान नदिएको अवस्थामा २०५४ भदौमा नुवाकोट जीप दुर्घटनामा रहश्यमय निधन भयो।

२०५५ सालको जेठमा नेकपा (माले) ले कालापानी मार्च कार्यक्रम संचालन गरिरहँदा भारतीय पक्षबाट थप ३०० मीटर पूर्व पट्टी काडे तारबार लगाएर थप सिमा अतिक्रमण गरि त्यस मार्चका स्थानीय नेता एवं जिविस सभापति क।गणेश सिंह ठगुन्ना समेत जनप्रतिनिधिको टोलीलाई २०५५ असारमा दीपायलको निर्वाचनमा जाने बेला परमिट नभएको भन्ने निहुँमा भारत प्रवेशमा रोकेर धारचुला चेक पोष्टबाटै फिर्ता गरियो। स्थानिय जनताले पटक पटक चलाएका आन्दोलन हरुमा सरकारी हस्तक्षेप र दमन गरिनु तथा भारतबाट हामीमाथि भैरहेका ज्यादतिको कुनै सुनवाइ नहुनाको साथै सीमावर्ती जनतालाई हाम्रो सरकारबाट सामाजिक, आर्थिक विकासमा समेत वेवास्ता गरिएकोले स्थानीय जनतामा सरकारप्रति व्यापक आक्रोश व्याप्त भएको छ। सीमावर्ती क्षेत्रमा जनताको पहरेदारीले मात्र अहिले सम्म सार्वभौमसत्ताको रक्षा हुन सकेकोछ।

(एमाले दार्चुलाका संस्थापक समेत रहेका ठगुन्नाको यसै साता काठमाण्डौमा क्यान्सरका कारण निधन भएको छ, यो लेख स्वर्गिय ठगुन्नाकै फेसबुकबाट साभार गरिएको हो ।

प्रकाशित मिति: शनिबार कार्तिक १५, २०७७/Saturday 10-31-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै