कोरोना र गाउँ विनोदसिंह धामी विनोदसिंह धामी गत वर्ष चिनको वुहान सहर बाट सुरु भएको कोरोना महामारी व्याधीले विश्वका केही देशहरु बाहेक बाकी सबै प्रभावित भए । यस व्याधी बाट लाखौं व्यक्ति संक्रमित भए भने हजारौं व्यक्तिले ज्यान गुमाए । ठूलो संख्यामा धनजनको क्षति गर्यो । विश्व इतिहासको ऐना नै परिवर्तन गरि दियो ।आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, मानवीय, शैक्षिक, लगायतका थुप्रै पक्ष प्रभावित भए । भौतिक रूपमा सम्पन्न, स्वास्थ्य प्रणालीमा आफूलाई अब्बल ठान्ने देशहरु,विकासको शिखर चुम्न नजिक रहेका, उच्च बैज्ञानिक तथा प्रविधिमा प्रवीण मानिएका, सहर तथाकथित तामझाममा रामान्चित,उच्च मानव विकास कहलिएका देखि विकासोन्मुख र अति कम विकसित देशहरु यसको चपेटा बाट जोगिन असफल देखिए । मानिसको अहंकार, हुंकार, दम्भ र घमण्ड यसको अगाडि निरीह भयो । मानिसले गरेका हजारौं उपलब्धिहरुलाई यसले चुनौती दियो । मानिसको सामर्थ्य डगमगाउन पुग्यो । आफ्नो उपलब्धिमा गौरव गर्ने मानिस यसको अगाडि मरनच्वासे देखियो । ज्ञान मर्छ हासी हासी विज्ञान मर्छ रोइ रोइ भन्ने उक्ति साबित हुन पुग्यो । कोरोना महामारीको सन्त्रास जताततै फैलियो । दिनरात व्यस्त रहने सहर बजार पूर्ण रूपमा बन्द हुन पुगे । सहरीया जीवन सामान्य बेला पनि जटिल र कष्टकर नै थियो । तर कोरोना महामारी नामक व्याधीले यसलाई बढी नुन चुक रुपी पीडा थप्ने कार्य गर्यो । व्यापार व्यवसाय ठप्प भयो । रोजगारी खोसिदै वा कटौती हुँदै गयो । गरिबी बढदै गयो । महङ्गाइमा बढोत्तरी हुँदै गयो । आयका सबै बाटाहरु बन्द भए । निर्माण कार्य रोकिए । यातायातका साधन सडकमा गुडेन्न । हवाई सेवा पूर्ण रुपमा बन्द भयो । उद्योग, पर्यटन, होटल लगायतका सेवामूलक र उत्पादन जन्य सबै क्षेत्रहरू बन्द भए । आकाशको चरा र समुद्रको माछा जस्तै स्वतन्त्र हुन चाहने मानिस आफूलाई चार भित्ता भित्र सीमित राख्न पुग्यो । अर्थतन्त्र गतिशील हुन सकेन । उत्पादन गर्ने कुनै स्थान बाकी बचेको थिएन । जताततै माथी हेर्दा टोपी खस्ने गगन चुम्बी भवनहरु मात्रै थिए । सहर सबै किसिमको मिश्रित बसोबास रहेको थियो । दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने देखि धनिमानी कहलिएका पनि बस्थे । सडकको पेटीमा आफ्नो आश्रयस्थल भएका देखि अर्बौं सम्पत्तिका मालिक पनि यसै सहर भित्र बस्थे । यो एक किसिमको बहु पुष्प रुपी माला जस्तै थियो । जसै जसै कोरोना महामारी विस्तार हुँदै गयो सहरिया जीवनशैली कष्टकर हुँदै जान थाल्यो । मानिस सहरिया बसाईमा पुनर्विचार गर्न थाल्यो । विकल्प खोज्न थाल्यो । यसका बारेमा सोच्न थाल्यो । कहानीले नयाँ बाटो तय गर्यो । कोरोना महामारी बाट एकातिर ज्यानको रक्षा गर्नु थियो भने अर्कोतिर जीविकोपार्जन दिनदिनै असहज हुँदै गैइरहेको अवस्था थियो । सहरीया जीवनशैली द्धारा आर्जित भएका आम मानिस आफ्नो जन्मे, हुर्केको र बढेको गाउँको याद गर्न थाले । सहरको त्यो अभाव, कोलाहल, उकुसमुकुस, प्रदुषण, क्राउड, भिडभाड र अधुरा सपनाहरुको अप्राप्ती लगायतका अनगिन्ती समस्याहरु बाट मुक्त हुन चाहन्थ्यो भने अर्कोतिर त्यसको विकल्प आफ्नै गाउँ सम्झी रहन्थ्यो । सहरको त्यो रमझमले उ गाउँ नै बिर्सेला जस्तो भाको थियो । यस कोरोना महामारीको व्याधीले त्यो ताजा स्मरण गराइ दियो ।स्वाभाविक रुपमा गाउँ गाउँ नै थियो । पर्याप्त अवसर थिएन्न । सेवा सुविधाको अभाव थियो । विकास भएको थिएन । अविकसित स्थानको नामले परिचीत थियो । तर पनि गाउँको आफ्नै मौलिक पहिचान र सुन्दरता थियो । प्रशस्त जङ्गल र कृषि क्षेत्र भएको हुनाले प्रदुषण हुदैन थियो । स्वच्छ र सफा न भएपनि प्रशस्त पानी थियो । गाउँको मुख्य कृषि, पशुपालन र फलफुल खेती भएकाले प्रशस्त जमिन थियो । व्यावसायिक र आधुनिक कृषि प्रणालीको विकास भएको नभए पनि निर्वाह गर्न पुग्थ्यो । गाउँ सेवा सुविधाको कमि हुनाले खासै खर्च हुदैन थियो भए पनि एकदम न्यून हुन्थ्यो । सामाजिक निकटता थियो । सहिष्णु समाज थियो । सहयोग गर्ने चलन आजको होइन हिजै देखि स्थापित थियो । दुख कष्ट, गाह्रो साह्रो, पिरमर्कामा एकले अर्कालाई मद्धत र सहयोग गर्ने असल व्यवहार जीवित नै थियो । समाजका आफ्नै मूल्यमान्यताहरु रहेका थिए । गाउँको जीवन सहरको तुलनामा एकहद सम्म सहज र सरल नै थियो । गाउँमा खुल्लापन र स्वतन्त्रता थियो । जीवन निरस, दुख्द थिएन । एक प्रकारको लुकेको आनन्द र खुशी थियो । गाउँ जति कुरुप भनेर छोडिएको थियो वास्तवमा त्यो सत्य थिएन । गाउँका आफ्नै खालका समस्याहरु हुदाहुदै पनि गाउँ एक प्रकारको शितलता वा छहारी दिने वर वा पिपलको बोट झै विशाल महत्त्व भएको स्थान थियो । संकटको वैशाखी गाउँ नै रहेछ । शान्तिको आश्रम र ज्ञानको केन्द्र पनि गाउँ नै रहेछ । खुशीको आधारशीला पनि गाउँ नै रहेछ । प्रेम, स्नेह र दयाको शिविर पनि गाउँ नै रहेछ । यहाँ एउटा सन्दर्भ उल्लेख गर्न चाहन्छु । युरोपको विकसित देशका रूपमा आफूलाई चिनाउन वा पहिचान दिलाउन सफल भएको देश हो इटाली । इटालीका युवाहरू ज्ञान आर्जन गर्नको लागि स्वदेशका सहर सम्म मात्रै पुगेन्न विदेशी देशहरु पनि गए । अन्ततोगत्वा आफ्नै देश फर्किनु भयो त्यसमा पनि गाउँ फर्किनु भयो । त्यहाँ पनि गाउँको कथा हाम्रो जस्तै थियो । तर गाउँ गाउँ मात्रै होइन त्यो ठूलो सम्भावना र भविष्य भएको क्षेत्र हो । यसको महत्त्व विस्तार गर्नमा योगदान गर्नुपर्छ भनी गाउँ फर्के । इटालीका युवाहरू कोरोना पूर्व नै गाउँ गएका थिए । नेपाली मा एउटा प्रचलित उक्ति रहेको छ " माल पाएर पनि चाल नपाउनु, फोहोर भित्र मोहर लुकेको हुन्छ र सबै चिज आफू भित्रै हुन्छ तर त्यसको खोजीमा दुनियाँ चहारी रहेका हुन्छौं । " यसबाट के पुष्ठि हुन्छ भने गाउँमा समस्या छ्न तर तियी समस्याहरु भन्दा बढता अवसर र सम्भावना रहेका छन । गाउँलाई शृंगार गर्ने हो भने बिबाह मण्डप सजिएकी कुनै अमुक दुलही भन्दा कम हुँदैन । गाउँको महत्त्व न चिनेर त्यसको उपेक्षा गर्नु मानवको विकृत मनोबिज्ञान थियो । गाउँमा यति धेरै अवसर छन । मानिसले किन पछ्याएन होला । अभावमा बसेर सुस्केरा हाल्नु भन्दा गाउँमा गएर गाउँको पुनर्निर्माण गर्नु जात अभावमा बसेर सुस्केरा हाल्नु भन्दा गाउँमा गएर गाउँको पुनर्निर्माण गर्नु जाति भनेर कोरोना महामारी नामक व्याधी लाई कुर्नु पर्यो । कोरोना महामारी पछि सबैले गाउँको चर्चा गर्न थाले । गाउँको महत्त्व माथी प्रकाश पार्न थाले । गाउँको आवश्यकता बोध गर्न थाले । गाउँ बिनाको मानव जीवन सार्थक हुदोरहेन्छ भन्न थाले । गाउँ फर्केर गाउँको वर्षौं बाझो जमिनको उपयोग गर्न खोजे । यो निकै सकारात्मक कदम र निर्णय थियो आम सहरिया वातावरण बाट गलेका मानिसहरुको लागि । गाउँमा उत्पादन बढ्न थाल्यो । पूर्ण रूपमा नभए पनि अधिकांश गाउँ आज हराभरा युक्त देखिन्छन् । गाउँको बारेमा सबैले चिन्ता चासो देखाउने र सकारात्मक सोचको विकास गर्ने हो भने आजका तियी दुरुप गाउँ कुनै दिनका स्वर्गीय आनन्द शिविर हुनेछ्न। गाउँको विकासको स्पष्ट मार्गचित्र कोर्ने, राज्यले आँखा लगाउने, गाउँका पढेलेखेका दक्ष जनशक्ति गाउँ फर्किने र गाउँमा भएको स्रोत साधनको सहि प्रयोग, उपयोग र परिचालन गर्ने हो भने गाउँको जीवनशैली सहरको भन्दा उत्तम हुनेमा दुईमत नै छैन । परिस्थिति,समय,काल र आवश्यकताले विकासको मूल फुटाउछ भने जस्तै गाउँ सुन्दर भविष्य रहेको कुरो कोरोना महामारीले पुष्टि गरि दिएको छ । अब फेरि कोरोना महामारीले सप्रसङ्ग व्याख्या गर्नु पर्दैन होला । यसैले गाउँको महत्त्व हिजो पनि त्यतिकै थियो । आज र भोलि पनि यो भन्दा बढी हुनेमा कुनै सन्देह छैन । लेखक श्री कुशेश्वर माध्यमिक विद्यालय बेथान–४, रामेछापमा कार्यरत छन् । प्रकाशित मिति: शुक्रबार बैशाख २४, २०७८/Friday 05-07-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै संरक्षणको पर्खाइमा पुरातात्विक श्रीमहल उकु–महल दार्चुला कालापानीको चीत्कार सरकार कहिलेसम्म ब्याँसबासीले तुइनमा झुण्डिनु पर्ने ? यात्रा संस्मरण २०७७ : अधुरो कालापानी टेक्ने सपना ६० वर्षअघिको त्यो सुदूरपश्चिम यस कारण बन्याे कालापानीकाे मुद्दा राष्ट्रिय ? पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु शिक्षा विकास तथा समन्वय इकाईको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश