२०८१ बैशाख, १७ सोमबार

सरकार कहिलेसम्म ब्याँसबासीले तुइनमा झुण्डिनु पर्ने ?

दार्चुलाको ब्याँस गाउँपालिका पुन एक पटक चर्चामा आएको छ । उसो त कालापानी,लिपुलेकको मुद्धाले पटक पटक .चर्चामा आईरहन्छ ब्याँस गाउँपालिका । 
भौगोलिक रुपमा विकट त्रीदेशीय सीमानाकामा पर्ने ब्याँस गाउँपालिकाभित्र थुपै्र पाकृतिक सौन्दर्यता, धार्मिक एवं सांस्कृतिक सम्पदा, बहुमूल्य जडिबुडीको खानी भए पनि ब्याँस गाउँपालिकालाई भुमी मिचिएको गाउँपालिका, नागरिकले बर्षेनी तुईनको सिकार बन्नुपर्ने, आफ्नै गाउँ आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने गाउँपालिका भनेर ब्याँसको परिचय बनेको छ । आखिर कहिलेसम्म ब्याँसका नागरिकले आफ्नै गाउँ आवतजावत गर्न भारतीय सुरक्षाकर्मीको अभद्र व्यवहार सहेर मृत्युलाई हत्केलामा राखेर महाकालीमाथि तुइनमा झुन्डिनु पर्ने हो ? आज यो प्रश्नले फेरि एक पटक तिनै तहका सरकार र आम सरोकारवालाहरुलाई प्रहार गरिरहेको छ ।
२०७८ साउन १५ गते ब्याँस गाउँपालिका वडा नं.२ मालका ३३ बर्षका जयसिंह धामी बैदेशिक रोजगारीमा जाने सपना बोकी तुइन तरेरै दार्चुला सदरमुकाम आइरहेका बेला भारतीय सीमा सुरक्षा बलका जवानले तुईन फुकालिदिदा जयसिंह उर्लिदो महाकालीमा वेपत्ता भए । जयसिंह संगै जय सिंहका सपना र परिवारको भरोसा पनी महाकालीमा विलाए ।
बाँच्न पाउने अन्तराष्ट्रिय मानव अधिकारको न्यूनतम मानवीय मूल्य मान्यता र नेपाल भारत सीमा क्षेत्रमा चलिआएको व्यवहारिक सम्बन्ध जस्ता समाजिक मूल्य मान्यतालाई चुनौतीदिदै माल बस्ने जयसिंह धामी तुइन तरिरहेको अवस्थामा तुइन फुकालिदिएर जिउदै महाकाली नदीमा बगाएको घटना अमानवीयताको पराकाष्टता हो । उक्त घटनाको सत्य तथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन टोली गठन गरी दार्चुला पठाएको छ । उक्त टोलिले सत्यतथ्य छानबीन गरेर घटनाको वास्तविकताबाहिर ल्याएर दोषीलाई कारबाहि, पीडित परिवारलाई न्याय र राहत हुने गरि प्रतिवेदन बनाएमात्रै जयसिंह धामीको आत्मालाई शान्ति मिल्ने छ ।

तुइनको दीर्घकालिन समाधान
ब्याँस गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार २०५० देखि हालसम्म वडा नं.२ का मात्रै २६ जनाले तुइनको सिकार बनेका छन् । अझै कति जनाले तुइनमा ज्यान गुमाउनुपर्ने हो थाहाँ छैन । अब सरकारले तुइनको दीर्घकालिन समाधान गर्नतर्फ ध्यानदिएमात्रै तुइनको सिकार बनेकाहरुको आत्मालाई शान्ती र बाध्यताले तुइन तर्नुपर्ने ब्यासी जनतालाई मुक्ति मिल्ने छ ।
मालको तुइनको घटनाको छानविन गर्न आएको टोलीले घटनाको सत्यतथ्य संगै ब्यासी जनता किन तुइन प्रयोग गर्छन् भन्ने कुराको गहन अनुसन्धान गरेर तुइन तर्नुको कारणसमेत प्रतिवेदनमा समावेश गर्न जरुरी छ ।

 

यातायातको पहुँच नपुग्नु
भौगोलिक रुपमा विकट ब्याँस गाउँपालिलाई सदरमुकामसंग जोड्ने एक मात्रै सडक दार्चुला तिंकर सडकले १२ बर्षमा अर्बौ रुपैया खर्चेर पनि गतिलिन सकेको छैन् । न त सदरमुकाम देखी खलंगासम्म जोड्ने गतिलो गोरेटो बाटो नै छ । बल्लतल्ल गाउँपालिका सदरमुकामसम्म ट्याक्टर पुगे पनि बर्षको ४ महिना बर्षातको कारणले अबरुद्ध हुन्छ । अर्को कुरा दार्चुला तिंकर सडक निकै घुमाउरो भएको हुनाले जनताले सहजताको लागि र छोटो समयमा सदरमुकाम पुग्न तुइन तरेर भारतकै बाटो प्रयोग गर्न बाध्य छन् । दार्चुला सदुमुकाम देखि सुन्सेरा सम्मको दुरी २२÷२३ किलोमिटर होला तर दार्चुला तिंकर सडकलाई विभिन्न गाउँबस्ती घुमाएर ४० किलो मिटरमा सुन्सेरा पुगाएको छ । सुन्सेराबाट गाडि चढेर नेपालको बाटो हुदै सदरमुकाम पुग्न ५÷६ घण्टा लाग्छ तर सुन्सेराबाट तुईन तरेर भारतको बाटो हुदै खलंगा आउन जम्मा १ घण्टा लाग्छ । त्यसैले रणनैतिक महत्तव बोकेको सडक यति घुमाउरो बन्नु कतिको न्यायोचित हो भन्ने कुरालाई मनन गरी कालापानी क्षेत्र छाङरु तिंकर जोड्ने सबभन्दा छोटो मार्ग राष्ट्रियता र सीमा सुरक्षाका दृष्टिकोणले समेत महत्व राख्ने श्रीबगड तोसराडि कालागाड हुदै ब्याँस गाउँपालिका केन्द्र सुन्सेरा र माल जोड्ने सडक निमार्णको लागि बजेट विनियोजन गरि तत्काल सडक निमार्णकार्य सुरु गर्नुपर्छ ।

 

झोलुङ्गे पुलनिर्माणमा ढिलासुस्ति
साउन १५ गते जयसिंह धामीको ज्यान लिएको तुइन भन्दा १० मिटर पूर्व नेपालको माल र भारतको गस्कु जोडने र ब्याँस ४ को मडगाउँ र भारतपट्टिको मलघट्टे जोड्ने झोलुङ्गे पुल निर्माणगर्न ठेक्का पाएको खम्पाचे रुविना जे.भीचाविहिल काठमाण्डौले पुलको सिलान्यास भएको ३ बर्ष पुग्दा सम्म किन पुल बनाएन । समयमै पुल बनेको भए भारतीय सुरक्षाकर्मीको अभद्र व्यवहार सहनु परे पनि कमसेकम आज जय सिंहले त अकालमै ज्यान गुमाउनु पर्ने थिएन । जयसिंह धामीले अकालमै जीवन गुमाउनुमा भारतीय सीमा सुरक्षा बलकाजवानसंगै समयमै पुल नबनाउने ठेकेदारको पनि दोष छ । सरकारले पुलनिर्माणमा ढिलाई हुनुको कारण पत्ता लगाई तिब्र गतिमा पुल निर्माणको कार्य सुचारु गर्नुपर्दछ ।
 

व्यवस्थित तुइन
हामीले जति जे भने पनि ब्याँस जोड्ने छोटो मार्ग नबनुन्जेलसम्म या दार्चुला तिंकर सडकको स्तरोन्नती नहुन्जेलसम्म ब्याँसबासी जनताको लागि दार्चुला सदरमुकाम आवतजावत गर्न, दैनिक उपभोग्यका समग्री तथा औषधी उपचारको लागि सजिलो र छोटो माध्यम भनेकै तुइन र भारतीय बाटो भएकाले अब नेपाल सरकारले भारत सरकारसंग समन्वय गरेर दुवै देशतर्फ सुरक्षाकर्मी खटाई निश्चित समयका लागि नचुडिने गरी बलियो तुइन लगाउनुपर्छ ।  नभए २०७४÷०७५ मा दुम्लिङमा लगाए जस्तो नेपाल भारतको प्रशासनिक सहमतिमा काठे पुल लगाउनुपर्छ । यहि नै अहिलेको तत्कालीन समाधानको उपाय हुनेछ । हैन भने सरकारले बाटो र सडक नबनाउने अनि तुइनलाई अवैध भन्ने हो भने, के व्यासी जनताले भोकभोकै मर्नुपर्ने हो र ? 

प्रकाशित मिति: शनिबार श्रावण २३, २०७८/Saturday 08-07-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै