Close This
२०८१ कार्तिक, ७ बुधबार

संरक्षणको पर्खाइमा पुरातात्विक श्रीमहल उकु–महल दार्चुला

  सुदूरपश्चिम प्रदेश दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नं. ६ उकुमा अवस्थित पुरातात्विक महत्व बोकेको श्रीमहल अध्ययन, अनुसन्धान र संरक्षण सम्वद्धनको पर्खाइमा रहेको छ । महाकाली नदीको बायाँ किनारामा उकु उपत्यकामा ठूलो संख्यामा कलात्मक सीलाहरु, विभिन्न देवीदेवताका मुर्तिहरु, आमलक, शिखर (गजुर) का अद्र्ध भागहरु ढुंङ्गेधारा, नाक वसाह, सिंह, चक्रशिलतासहित थरीथरीका आकृतिहरु विभिन्न सिलाहरुमा कुदिएका छन् । यी कलात्मक शिलाफलकहरु महाकाली नदिको तट्देखि उकु गाँउको सिरानसम्म फैलिएका छन् । नेपालको मानचित्रमा २९ड्ढ४३ु५०ू उत्तरी अक्षांस र ८०ड्ढ२२′३१ू पूर्बि देशान्तरमा समुद्र सतहदेखि ७२५ मिटरको उचाइमा यो पुरातात्विक स्थल रहेको छ । भारतबाट बगेर आउने गोरी नदि र नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदिको संगमस्थल जोलजीवि बजारवाट ४ कि.मी. दक्षिण महाकाली नदिको बायाँ किनारमा रहेको उकु फाँटको सिरानमा ठूलो भग्नावशेष रहेको छ । स्थानीय वासिन्दाले यस भग्नावशेषलाई श्रीमहल मालिकार्जुन भन्ने गर्दछन् । 
    पुरातत्विक महत्व बोकेको श्रीमहलसँग सम्बन्धित विभिन्न विषयहरु लिखित तथा अलिखित रुपमा प्रस्तुत हुन आएका छन् र समय समयमा नेपाल तथा भारतका ईतिहाकारहरुले यस सम्बन्धि विवरण आफ्नो अध्ययनमा समेटेका छन् । एकथरी सोधकर्ताहरुका अनुसार १२ औँ शताब्दिको मध्यतिर तिब्वतको खारी प्रदेशबाट आएका नागराजले जुम्लाको सिंजामा राजधानी बनाइ जुम्ला राज्यको स्थापना गरेपछि मात्र पश्चिम नेपालको इतिहासबारे जानकारी प्राप्त हुनआएको देखिन्छ । नागराजपछि क्राचल्ल र अशोकचल्लका पालामा खस सम्राज्यको निकै विस्तार भएको थियो । तिनका पालामा खस सम्राज्य पूर्वमा गण्डकी, पश्चिममा कुमाऊ गढुवाल, उत्तरमा तिब्बत र दक्षिणमा बोधगयाँ सम्म फैलिएको थियो । सम्भवत त्यसबेला उकु भेगपनि खस साम्राज्यको अभिन्न अंगकोरुपमा रहेको हुनुपर्दछ । त्यसैगरी खस सम्राट पुण्य मल्लले वि.स. १३९४ मा उकुको जग्गा आफ्ना हितैसी विद्याधर पण्डितलाई भुमिदान दिएको अभिलेख पाइएको छ । यसभन्दा अगाडि अशोक मल्लको समयमा ( वि.स. १३१२–१३३५) बैतडी दार्चुला कर्ण महामण्डलिकले प्रशासन चलाएको प्रमाण भेटिएको छ । पृथ्वी मल्लका पालामा डोटीका सामन्त नीरय पालले सिंजाको केन्द्रीय सत्ताबिरुद्ध बिद्रोह गरेका थिए । कतिपय खोजकर्ता विद्वानहरुले नीरय पालका पालामा डोटीको राजधानी उकुमै रहेको उल्लेख गरेका छन । त्यसको वैज्ञानिक पुष्टि हालसम्म पनि हुनसकेको छैन ।
    यस्तै अर्कोथरी सोधकर्ताहरुका अनुसार खस राज्यको पतन हुन लागेपछि कत्युर (कुमाऊ ) बाट पालहरु हालको दार्चुला जिल्लाको डाँडाकोट (पुरानो सनेतकोट) भन्ने ठाँउमा आएर बसे । डाँडाकोटमा पाल राजाका तीन भाई छोराहरु भए । तीमध्ये शाही पाल देथला, श्री पाल उकु र भैरव पाल अस्कोटमा गए । अस्कोट हाल उकुको ठिकपारी भारतमा पर्दछ । डाँडाकोटबाट नै उकुमा आवाद भएको अनुमान गरिन्छ र कालान्तरमा राज्य शासन उकुबाट सञ्चालन गरेको पाइन्छ । प्रमाणिक रुपमा भन्नुपर्दा रजवार भारती पाल उकुका राजा थिए । इतिहाँस अध्ययनका क्रममा भेटिएको सन् १३९४ र सन् १४२० को ऐतिहासिक ताम्रपत्रले रजवार भारती पालको शासनलाई प्रमाणित गर्दछ । सन् १४२० को सिलोनी ताम्रपत्रले भारती पाललाई उकुको राजा भएको प्रष्ट पारेको छ । रजवार भारती पाल शाके १३१६ ( सन् १३९४ ) को ताम्रपत्रले नागमल्ल र विक्रमपाललाई पुर्ववर्ति राजा मानेको छ । नीरय पालको ऐतिहासिक अभिलेख डोटी, डडेलधुरा, पिथौरागढ, डिडिहाट र अल्मोडामा पनि भेटिएको अभिलेख अनुसार नीरय पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ को ऐतिहासिक ढुङ्गा भेटिएको थियो । यी सबै ऐतिहासिक कालक्रमहरु समान देखिएकोले नीरय पालको ऐतिहासिकता र राज्यकाल बारे शंका गर्ने ठाउँ छैन । नीरय पाललाई उकु अस्कोटका राजा भनिएको छ । बिभिन्न ठाउँहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले नीरयपाल शक्तिशाली राजा भएको संकेत गर्छ । जसको राज्य केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको महत्वलाई बेवास्ता गर्न सकिन्न । नीरयपाललाई उकुका रजवार भारती पालका पूर्ववर्ति रजवार थिए, भन्ने कालक्रमहरुले प्रष्ट पारेको छ । नेपाली इतिहाँसमा उपलब्ध तथ्यअनुसार नागपाल वा नाग मल्ल नीरय पालका सुपुत्र थिए ।
उकुको इतिहाँस सम्बन्धि एउटा लेखअनुसार उकु महलमा रहेको हरिहर मन्दिर नाग पालका तीन रानीहरुले निर्माण गरेका हुन भन्ने उल्लेख गरेको पाइन्छ । रानीहरु बेतल्लदेवी, सोमल्लदेवी र लोमल्लदेवी हुनुहुन्थ्यो । नागपाल राजा भएपछि नागपालबाट नागमल्ल बनेको इतिहासमा उल्लेख छ । नागमल्ल डोटिका राजा थिए । यसको राजधानी हालको डडेल्धुरा जिल्लाको अजय मेरुकोटमा रहेको थियो । नागमल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो । यसलाई आधार मान्ने हो भने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकालभित्र बनेको हुनुपर्छ । मन्दिर स्थापनाका बारेको स्पष्ट तिथि मिति भने नेपालको इतिहासमा पाईदैन । तर पालबंशहरुका भारतीय शोधकर्ताहरुले उकुराज्य अभय पालले स्थापना गरेको बताएका छन् । यसको स्पष्ट प्रमाणको रुपमा शाके ११६० (सन् १२३८) को उकुको शिलालेख हो भनिएको छ । अजमेरुकोटमा भेटिएको राज नागमल्ल (पाल) अभिलेख र उकुको शिलालेखमा उल्लेख नाग मल्लको कालक्रममा १५० वर्ष भन्दा बढ़ीको अन्तर देखिन्छ । यी दुबैजना एउटै ब्यक्ति होइनन् भन्ने यसबाट प्रष्ट हुन्छ । त्यसैले बिभिन्न समयमा निर्माण भएका यहाँ पाइने ऐतिहासिक संरचना र वास्तुहरु विगतको इतिहाससँग मेलखाने देखिन्छ ।
अर्काथरी सोधकर्ताहरुकाअनुसार सम्भवत उकुमा रहेका संरचनाहरु खस साम्राज्यका क्राचल्ल अशोकचल्ल वा प्रारम्भिक पाल शासकको पालामा निमार्ण भएको देखिन्छ । १४१५औँ शताब्दितिर उत्तराञ्चलको पहाडी उपत्यका पिथौरागढलाई नियन्त्रणमा लिन बैतडीका बमहरु, उकुका पालहरु र चम्पावतका चन्दहरुको बिचमा टक्कर पर्ने गरेको बद्रिदत्त पाण्डेले कुंमाऊको इतिहाँसमा उल्लेख गरेबाट त्यतिवेला नै उकु एउटा महत्वपूर्ण प्रशासनिक केन्द्रको रुपमा रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । हाल उकु क्षेत्रमा यत्रतत्र छरिएर रहेका मुर्ति, शिला, कलाकृति र भग्नावशेषको अध्ययन गर्दा १४१५औँ शताब्दितिर बनेको भव्य मन्दिर भग्नावशेष हो भन्ने अनुमान लगाउन सकिन्छ । उकु फाँटको सिरानमा करिब २००–३०० रोपनी क्षेत्रफलमा फैलिएको मालिकार्जुन गाउँपालिकाले २०७६÷०७७ मा कम्पाउण्डवाल लगाएर घेरेको पुरातात्विकस्थल, त्यसको ५० मीटरतल खुलाचौरमा भग्नावशेषको रुपमा रहेका ढुंङ्गाका वास्तु अवयवहरु नै यँहाका मुख्य पुरातात्विक वस्तुहरु हुन । यहाँ छरपस्ट भएर रहेका, पल्टिएका र गडेका प्रस्तर कलाका नमुनाहरु यत्रतत्र छरिएर रहेका छन् । उकु फाँटको सिरानमा मात्रै नभएर महाकाली नदिको किनार, मानबहादुर पाल र गणेशबहादुर पालको आँपबगैचा र सैपाल महादेव मन्दिर परिसरमा समेत उकुका भग्नावशेषका वास्तु अवयव र मुर्तिहरु छरिएर रहेका छन् । यो क्षेत्रको अध्ययन गर्दा त्यहाँ कुनै भग्नावशेष नभई कुनै कालखण्डमा उकुकै भग्नावशेषबाट त्यहाँ लगेरराखेको अनुमान लगाउन सकिन्छ । 
    उकु भग्नावशेषको कला, वास्तुकला तथा मुर्तिहरु हेर्दा यहाँ भब्य देवलका साथै अन्य स–साना देवलहरुको समुह रहेको हुनुपर्ने सहजै अनुमान गर्न सकिन्छ । भग्नावशेषमा भेटिएका विभिन्न देवी देवताका मुर्तिहरु र भब्य वास्तुकला तथा अन्य अवयवको आधारमा यो अनुमान लगाउन सकिन्छ । नेपाल पुरातत्व विभागद्वारा दार्चुला जिल्लाका पुरातात्विक सम्पदाहरुको सूचिकरणमा उकु पुरातात्विक स्थललाई ‘क’ वर्गको सम्पदा सूचीको रुपमा वर्गिकरण गरिएतापनि सरकारले हालसम्म पनि यसको विस्तृत अध्ययन अनुसन्धान अन्वेषण र विकासको लागि ठोस कार्ययोजना नबनाउँदा यस्तो प्राचिन पुरातात्विक महत्वको सम्पदा ओझेलमा परेको छ । देशमा संघीयता आएपछि २०७५÷०७६ मा मालिकार्जुन गाउँपालिकाले उकु महल वरपर महाकाली नदि किनारा, सैपाल महादेव मन्दिर वरपर तथा मानवहादुर पाल र गणेशवहादुर पालको आँपवगैचामा यत्रतत्र छरिएर रहेका कलात्मक मुर्तिहरु शिलालेखलाई नम्बरिङसहित संकलन गरी उकु महलमा सुरक्षित राखेको छ । यद्यपि सबैै सम्पदाहरु राख्न सकिएको छैन ।
भारतको उत्तराखण्ड राज्यको कुमाऊ मण्डलसंग दार्चुला जिल्लाको सिमाना जोडिएको छ । उत्तराखण्डमा कत्युरी साम्राज्य थियो भन्ने कुरा भारतको इतिहाँसहरुले पुष्टि गरेका छन् । तत्कालिन डोटी राज्यमा पनि कत्युरी साम्राज्यको प्रभाव रहेको देखिन्छ । कुमाउमा भेटिएका पुरातात्विक संरचना र डोटी राज्यअन्तर्गत भेटिएका अजमेरुकोट, उकु मन्दिरको निर्माण प्रक्रिया एकै प्रकारको रहेको तत्कालिन  कुमाउमा यस्ता अनगिन्ती पुरातात्विक महत्वका क्षेत्रहरु भेटिएका छन् । जसले यो मन्दिर पनि ११ आँै शताब्दितिर निर्माण भएको थियो भन्ने कुरा विभिन्न समयमा लेखिएका पुस्तकहरुले देखाएका छन् तर अचार्य शिवप्रसाद डवरालको “उत्तराखण्डको ईतिहास” भन्ने पुस्तकमा भएको कुरा उल्लेख गरिएको छ । यस्तै प्रकारका मन्दिरहरु अल्मोडा कटारमलको सुर्य मन्दिर अलमोडाकै जागेश्वर मन्दिरको विषयमा राहु साकृत्यायनले आफ्नो “मेरी जीवन यात्रा” नामक पुस्तकमा उल्लेख गरेका छन् । 
स्थानीय तहमा मालिकार्जुन गाउँपालिकाले यस ऐतिहासिक तथा सांस्कृतक पुरातात्तिक महत्वको उकु महल र यससँग जोडिएका धार्मिक विषयहरुको अध्ययन गर्न गराउन विगतका वर्षहरुमा पहल गर्दै आएको छ । २०७६÷०७७ मा संघीय सरकार पुरातत्व विभागको स्वीकृति लिई मालिकार्जुन गाँउपालिकाले उकु महललाई केन्द्र बनाई ३०० मिटर क्षेत्रफलमा कम्पाउण्डवाल लगाएर पुरातात्विक  सम्पदाहरु संरक्षण गरेको छ । साथै मालिकार्जुन गाँउपालिकाले नै २०७७÷०७८ मा भग्नावशेष उकु महलको विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार गरी संघीय सरकार र प्रदेश सरकार समक्ष पेश गरिसकेको भएतापनि हालसम्म संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुनै कार्ययोजनामा राखेको छैन् । यसको अध्ययन, अनुसन्धान, अन्वेषणका र संरक्षणका लागि स्थानीय सरकारको स्रोतबाट मात्रै सम्भव नहुने हुँदा संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्दा खासै सुनुवाइ भएको छैन । आ.व. २०७७ ÷०७८ र २०७८÷०७९ मा संघीय सरकार पुरातत्व विभागले केही बजेट विनियोजन गरेपनि यहाँको रकमलाई अन्यत्र रकमान्तर गरी खर्च गरेको कार्यप्रति यस क्षेत्रको तर्फबाट दःुख व्यक्त गर्दछौ । यस पुरातात्विक सम्पदाको अध्ययनका लागि योगी नरहरी नाथ, नवराज अधिकारी, प्रकाश खड्का र भास्कर ज्ञवाली लगायतका विज्ञ अधिकारीहरुबाट अध्ययन सकेको छ । 
 उकु महलको योगी नरहरी नाथले पहिलो अध्ययन गरेका थिए । उनकोे “सन्धिपत्र संग्रह” भन्ने पुस्तकमा यसबारेका केही तथ्यहरु उल्लेख गरेका छन् । जसमा नागपाल राजाले आफ्ना रानीहरुको सुन्दरताको विषयमा बखान गरेका कुरा उल्लेख गरेका छन् । उनले अध्ययन गरेको शिलालेख अहिले संरक्षणको अभावमा मेटिदै गएको छ । आजभोलि सो सिलालेख पढ्नसक्ने अवस्थामा रहेको छैन् । उनले उक्त शिलालेखको लिपी रन्जना लिपी भएको भनि उल्लेख गरेका छन् । नेपाल पुरातत्व विभागका पुरातत्व विद् नवराज अधिकारीले २०६३÷०६४ मा दार्चुलामा पुरातात्विक स्थलहरुको अध्ययन गर्ने क्रममा उकु दरवारको विषयमा पनि अध्ययन गरेका थिए । उक्त अध्ययन पश्चात उकु भग्नावशेषलाई “क” बर्गको साईटमा वर्गीकरण गरेको छ । दोश्रो पटक २०७२ मा पनि उनले स्थलगत अध्ययन गरेका छन् । उनको अध्ययन प्रतिवेदनमा उकु मन्दिरको केहि खम्वाहरुमा ध्यान मुद्रामा रहेको भगवानको बुद्ध चित्र कुदिएको पाइएको छ । जसले त्यो बेलामा कत्युर राज्य र डोटी राज्यमा बुद्ध र शैव दुबैप्रति सद्भाव राख्ने गरेको देखिन्छ । उकु दरवारमा बिशेष गरी भगवान विष्णु र भगवान शिवका मुर्तिहरु कुदिएका छन् । यी पुरात्वात्तिक सम्पदाहरुको अध्ययन, अनुसन्धान, अन्वेशण र उत्खनन् गर्न सके दार्चुला जिल्लाको छुटै  ऐतिहाँसिक पहिचान स्थापित हुने छ । साथै भोलि पर्यटकीय क्षेत्रहरु बढ्ने सम्भावना रहने र भविष्यका पीढीका लागि पनि मार्गदर्शक हुने हुँदा यस पुरातात्विक सम्पदाको अध्ययन अनुसन्धान र पुर्ननिर्माणका लागि पुरातत्व विभागले उच्च प्राथमिकतामा राखि कार्यसंचलान गर्न आवश्यक देखिन्छ ।  
इतिहासकारहरुका लागि गहन अध्ययनको विषयबस्तु रहेको तत्कालिन अवस्थामा नेपाल–भारत सम्बन्ध सामाजिक महत्व धार्मिक तथा सांस्कृतिक विषय वस्तुहरुको अमूल्य निधि रहेको यस श्रीमहलको महत्वको अध्ययन अनुसन्धान साथै संरक्षण हुन सकेमा ऐतिहासिक तथा धार्मिक पर्यटनको रुपमा विस्तार भई यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । राज्यका अमूल्य निधिको रुपमा रहेको ऐतिहासिक धार्मिक साँस्कृतिक धरोहरहरुको अध्ययन, अनुसन्धान गरी त्यसको प्रचारप्रसार गर्ने र एतिहासिक धार्मिक तथा सास्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवद्र्धन गर्नै कार्यमा संघीय, प्रादेशिक तथा स्थानीय सरकारको ध्यान प्ुग्न सकेमा भौतिक पूर्वाधारहरु विकास हुदै गएको यस क्षेत्रमा दिगो विगकासका लागि आवश्यक रोजगारीका अवसरहरु श्रृजना हुने प्रर्याप्त सम्भावना रहेका छन् । 
अत ः उकु उपत्यकाका वास्तुहरुको विस्तृत अभिलेखिकरण गरी भारत उत्तराखण्डको केहि स्मारक क्षेत्रहरुको तुलनात्मक अध्ययन गरेर ऐतिहासिकता सम्बन्धि नविन तथ्यहरुको, खोजी गर्न सकिने देखिन्छ । पुरातात्विक वास्तुहरुको थुप्रो बनिररहेको उकु महलको जमिनको तल्लो भागमा के होला ? भन्ने आशंकाको निवारणका लागि उत्खनन्को आवश्यक्ता महसुस हुन्छ । उत्खनन्बाट त्यस स्थानमा भौतिक संरचना भए नभएको कुरा पत्ता लगाउन सकिने छ । यदि भौतिक संरचनाको तल्लोभाग मात्र भेटिएको खण्डमा यस सम्बन्धि थुप्रै रहस्यहरु उदघाटित हुनेछन् । प्राप्त वास्तुहरुको विस्तृत अध्ययन् पछि ड्रइङ– डिजाइन बनाई सुर्खेत काँक्रेबिहार जस्तै एउटा मन्दिरको स्वरुप दिन सकिने सम्भावना  प्रसस्त छ । उकु उपत्यकाका उपयुक्त वास्तुहरुको प्राथमिक अध्ययनबाट कलात्मक शिलाको आकृति÷प्रकृति अनुरुप बिभिन्न समुहमा वर्गिकरण गरी सबैलाई जोडेर एउटा पर्यटकीय मन्दिर÷संग्राहलयको प्रस्तावना अगाडी बढाइ त्यसलाई मूर्तरुप दिन सकिन्छ । अत ः यसका लागि प्राथमिक चरणका कार्यहरु विस्तृत अध्ययन, अनुसान्धान अन्वेषण, उत्खनन्, अभिलेखिकरण गरी मन्दिर एव्ां् संग्रालयका रुपमा सुरक्षित राख्न सकिने ब्यवस्थाका लागि सम्बन्धित निकायहरुको ध्यान जानुपर्ने देखिन्छ । 
(लेखक मालिकार्जुन गापाका निवर्तमान अध्यक्ष हुन ।)

प्रकाशित मिति: सोमबार जेठ २८, २०८१/Monday 06-10-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै