अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम सारथी खबर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी दार्चुलाद्वारा आयोजित शैल्यशिखर नगरपालिका स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । “सामाजिक सञ्जालको प्रयोगः बरदान कि अभिशाप’’ भन्ने विषयमा सञ्चालन गरिएको वादविवाद प्रतियोगितामा गलैनाथ माध्यमिक विद्यालय झरकाँडाका छात्र युवराज जोशी प्रथम भएका हुन् । प्रतियोगितामा शैल्यशिखर नगरपालिकाभित्रका नौँ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा गोकुलेश्वर माध्यमिक विद्यालयका छात्र कमलेश बिष्ट द्धितीय र सत्यप्रकाश माध्यमिक विद्यालय देथलाका छात्र आयुश प्रशाद भट्ट तृतीय भएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रशाद जोशीले जानकारी दिनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गोकुलेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पिताम्बर बिष्टले अनेरास्ववियुले समय सुहाउदो कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ । वर्तमान परिवेशमा विद्यार्थी आन्दोलनको रुपरेखा फेरिएको उहाँको भनाई छ । हिजो व्यवस्था परिवर्तनका लागि सडकबाट आवाज उठाएका विद्यार्थी संगठनले अब शैक्षिक गुणस्तर सुधार, पाठ्यक्रमको एकरुपता र वैज्ञानिकता संगै विद्यालयको भौतिक तथा प्रशासनिक सुधारकालागी सहयोग गर्न समेत सुझाव दिनुभयो । नगरपालिकाको वडा नम्बर ९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरमा आयोजित कार्यक्रममा अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता एंव नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाका उपाध्यक्ष भुवन डाँगाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गोकुलेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पिताम्बर बिष्ट, शिक्षक विद्यार्थी, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । प्रकाशित मिति: आइतबार फाल्गुण ४, २०८१/Sunday 02-16-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित आइसिसी अलराउन्डर वरीयताको शीर्ष ६ मा दीपेन्द्र दार्चुलाका सान : भरतले पेरिस पारा ओलम्पिक खेल्ने प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्दै एसीसी प्रिमियर लिग : हङकङमाथि नेपालको सहज जीत त्रिकोणात्मक टी–२० क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा सुरेश सिंह धामीको अध्यक्षमा शंकरपुर क्याम्पसको १५ सदस्य व्यवस्थापन समिति चयन