Close This
२०८१ कार्तिक, ७ बुधबार

जनमुखी बजेट ल्याउन पूर्वमन्त्री ठगुन्नाको सुझाव

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले आगामी आर्थिक वर्षको बजेट कार्यकर्तामुखी भन्दा पनि जनमुखी बजेट ल्याउन सुझाव दिएका छन् । नेकपा एमाले स्थानीय विकास विभागले स्थानीय तहका जनप्रतिनिधिहरुको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम यस्तो सुझाव दिएका हुन् ।
स्थानीय तहहरुले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । निर्धारित समयमै बजेट ल्याउन सक्रिय रहेका जनप्रतिनिधिलाई ठगुन्नाले योपटकको बजेट जनताको आवश्यकत्ताको आधारमा आउनुपर्ने बताए । 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र पालिकाहरूले बजेट ल्याउनुपर्ने हुन्छ । अहिले सबै स्थानीय तहहरु बजेट तर्जुमाको प्रक्रियामा जुटेका छन् । दार्चुलामा नेकपा एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका र लेकम गाउँपालिका उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य निर्वाचित छन् । 
दुई वर्षको बजेट आइसक्यो । यो बीचमा धेरै असन्तुष्टि देखापरेका छन् । नेता ठगुन्नाले सम्बोधनका क्रममा भने, ‘योपटक अब जनतासँग गरिएका बाँचा पूरा गर्नतर्फ उन्मुख हुनुपर्छ । निर्वाचनको क्रममा के प्रतिबद्धता गरिएका थिए । कति कार्यान्वयन भए हेक्का राख्नुपर्छ ।’ एमालेले जितेका ठाउँमा कार्यकर्तामुखी बजेट आएको गुनासो नआओस् । पार्टी निर्देशनअनुरुप चल्न नसक्ने हो भने यसको जिम्मेवारी हामी हुनेछैनौ अभिमुखीकरण कार्यक्रममा कडाईका साथ भने । 
सूर्य चिन्ह लिएर निर्वाचित हुने तर मनपरि तवरले चल्ने हो भने आगामी दिनमा पार्टीले एक्सन लिन्छ । बजेट विनियोजन गर्दा शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकुद, सबै क्षेत्र समेट्न गरी ल्याउन ठगुन्नाको सुझाव छ । 
अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द, दार्चुला इन्चार्ज सहदेव बोगटी लगायतले सम्बोधन गरे । एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नौवटै स्थानीय तहका पार्टीका इन्चार्ज अध्यक्ष, गाउँपालिका नगरपालिका प्रमुख उपप्रमुख प्रवक्ता लगायतले रिपोर्टिङ गरेका थिए । 

 

प्रकाशित मिति: बुधबार असार ६, २०८१/Wednesday 06-19-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै