अबको तीन दिनसम्म केही नदी र खोलामा बाढीको जोखिम सारथी खबर अबको तीन दिनसम्म देशका मुख्य नदी र खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीका साथै बागमती, महाकली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा बाढीको जोखिम छ । आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने धेरै नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको छ । भोलिदेखि देशभरका धेरै नदीमा बहाव बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । प्रकाशित मिति: शुक्रबार असार २२, २०८१/Friday 07-05-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा