Close This
२०८१ कार्तिक, २ शुक्रबार

मालिकार्जुन गाउँपालिकाका दुई वटा वडामा सार्वजनिक सुनवाइ कार्यक्रम

मालिकार्जुन गाउँपालिकाका दुई वटा वडामा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छन् । आर्थिक बर्ष २०८०÷८१ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । 
मालिकार्जुन गाउँपालिकाको आयोजना तथा दार्चुला विकास संगठन दार्चुला, ( सारथि एफ. एम ९०.७ मेगाहर्जको) सहजीकरणमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । 
आइतबार वडा नम्बर ३ र वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम भएको संस्थाले जनाएको छ । वडा नम्बर ३ मा वडा अध्यक्ष मदनसिंह धामी र वडा नम्बर ७ मा वडाअध्यक्ष बहादुर चन्दको अध्यक्षतामा सुनवाइ कार्यक्रम सम्पन्न भएको हो ।

वडाका निर्वाचित, जनप्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको रह्यो । सार्वजनिक सुनुवाई कार्यक्रमा गत आर्थिक वर्षमा भएका कमीकमजोरीलाई आगामी दिनमा सच्याएर जाने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धामीले वडामा गत बर्ष १८ लाख मात्रै बजेट पाप्त भएकोले योजना, आयोजनाहरुमा पर्याप्त बजेट बिनियोजन गर्न नसकिएको बताए । उनले भने, ‘मालिकार्जुन गाउँपालिकालाई नमूना वडा बनाउने लक्ष्यअनुसार आगामी वर्षबाट काम गर्ने प्रतिवद्धता जनाए ।’
वडा अध्यक्ष धामीले वडामा कृषिका कार्यक्रमहरु बढाउने, शिक्षा, स्वास्थ, सञ्चार र यातायात प्रभावकारी बनाउन लागि परेको बताए ।
वडा सचिव मदनसिंह धामीले सार्वजनिक गरेको बस्तुस्थिति बिबरण अनुसार वडा नम्बर ३ मा १८२ जना जेष्ठ नागरिक ४ जना दलित जेष्ठ नागरिक, ८ जना पूर्ण अपांग, ११ जना एकल महिला, ११ जना विद्युवा महिला रहेका छन् । वडास्तरबाटै अन्तिम किस्ता अन्तर्गत  २७ लाख २४ हजार ३१ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । 
वडामा ११५ वटा विभिन्न घटना दर्ता गरिएको र १ लाख ८२ हजार ३४२ रुपैयाँ राजस्व संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ । 
यसैगरी वडा नम्बर ७ का वडाअध्यक्ष बहादुर चन्दले पालिकाबाट वडामा बजेट कम विनियोजन हुँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको गुनासो गरे । उनले भने, बजेट थोरै छ, जनताको अपेक्षा धेरै छन् ।’ यस्तो अवस्थामा काम गर्न निकै चूनौति छ । 

 

प्रकाशित मिति: आइतबार श्रावण ६, २०८१/Sunday 07-21-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै