सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत लिने सारथी खबर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए। नेपाली कांग्रेस संसदीय दलका नेता शाह कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाह नेतृत्वको सरकारमा अहिले काङ्ग्रेस एमालेसहित नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ । प्रकाशित मिति: सोमबार श्रावण २८, २०८१/Monday 08-12-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा