Close This
२०८१ कार्तिक, २ शुक्रबार

दार्चुलामा डेंगुु सङ्क्रमित बढे

दार्चुलामा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । बर्षातका बेला यो रोगको संक्रमण बढ्दै गएको हो । 
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनायलयका अनुसार दार्चुलामा संक्रमितको सख्या १८ पुगेको छ । भने प्रदेशभरी संक्रमितको संख्या २२९ जना पुगेको जनाइएको छ । 
प्रदेशको सबैभन्दा बढी डोटीमा ५३ जना, कैलालीमा ४७, अछाममा ४५, कञ्चनपुरमा ३४, बाजुरामा १६, डडेल्धुरामा आठ, बैतडी र बझाङमा चार÷चार जना डेंगु सङ्क्रमित भएका छन् । 
गर्मी र बर्सातको सिजनमा लामखुट्टेको वृत्तिविकास बढ्ने गरेकाले डेङ्गुको सङ्क्रमण बढ्ने गरेको छ । डेङ्गु सङ्क्रमणको जोखिम बढी रहने बेला भएको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए ।
एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टापछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टाअगाडिको समय घाम लागेको बेला बढी टोक्ने गरेको जनाइएको छ । 
यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको जनाइएको छ । झुल लगाएर मात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाँडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक रहेको बताइएको छ ।   

 

प्रकाशित मिति: बुधबार श्रावण ३०, २०८१/Wednesday 08-14-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै