Close This
२०८१ कार्तिक, २ शुक्रबार

वडामा बजेट न्यून आएको जनप्रतिनिधिको गुनासो

मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १ को सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०÷८१ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । 
मालिकार्जुन गाउँपालिकाको आयोजना तथा दार्चुला विकास संगठन दार्चुला, (सारथि एफ. एम ९०.७ मेगाहर्जको) सहजीकरण तथा गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई भएको हो ।
वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष बीरसिह सामन्तको अध्यक्षतामा कार्यक्रम भएको हो । सार्वजनिक सुनुवाईमा जनताले उठाएको प्रश्नको जवाफ दिदै उनले भने, जनताको अपेक्षा धेरै छन् । हामीसँग स्रोत साधन न्यून छ । 
झन ०८१।०८२ का लागि गाउँपालिकाबाट ७ लाख रुपैयाँ बजेटको सिलिङमात्रै प्राप्त भएको छ । यस्तो अवस्थामा जनताको आंकाक्षा सम्बोधन गर्न सकिने अवस्था नरहेको उनले बताए । माग धेरै छन् । कसरी सम्बोधन गर्ने हामीनै अन्योलमा छौ उनले भने ।
कार्यक्रममा वडा सचिव ललित राज पन्तले गत आर्थिक वर्षको बार्षिक विवरण प्रस्तुत गरेका थिए । 

 

प्रकाशित मिति: बुधबार श्रावण ९, २०८१/Wednesday 07-24-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै