दार्चुलामा दुई वडाध्यक्षसहित ६ जना जुवाडे पक्राउ सारथी खबर दार्चुलामा जुवाखालबाट दुई वडाध्यक्षसहित ६ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, दुहुँ गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खलंगा तिंकरखेडामा रहेको बडाल फास्टफुडको चौथो तल्लाबाट उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन सिंह महरा, नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का निरज धामी, नौगाड गाउँपालिका वडा नम्बर १ का जनक ठेकरे र होटल संचालक जनक बडाल रहेका छन्। प्रहरीले पक्राउ गरिएको स्थानबाट १ लाख २४ हजार ८८० नगद र २ गड्डी तास बरामद गरेको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखी कानूनी कारबाही अगाडि बढाइएको जनाइएको छ। प्रकाशित मिति: शनिबार श्रावण २६, २०८१/Saturday 08-10-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध सुदूरपश्चिममा आज ‘ठूली गौरा’ मनाइँदै दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप दार्चुलामा डेंगुु सङ्क्रमित बढे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत लिने पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता