३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय सारथी खबर दार्चुलाको महाकाली नगरपालिकाले अनधिकृत संरचना र अतिक्रमण गरिएका संरचना हटाउन आग्रह गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगर क्षेत्रमा रहेका अनधिकृत र कानुन विपरित निर्माण तथा सञ्चालन भइरहेका संरचना हटाउन आग्रह गरेको हो । नगरपालिकाले विभिन्न समयम यस्तै सुचना प्रकशन गरिरहदा जग्गा तथा संरचना अतिक्रमण गरी व्यवसाय संचालन गरिरहेका स्थानिय अटेर गरिरहेका छन् । नगरपालिकाको मिति २०८२ बैशाख २ गतेको बैठकको निर्णय अनुसार नगरपालिका क्षेत्र भित्र कानुन विपरित प्रयोग, अतिक्रमण, गैरकानुनी कब्जा गरिएका र लिजको उदेश्य विपरित प्रयोग भएका सरकारी तथा सार्वजनिक प्रकृतिका जग्गाहरुको अतिक्रमण तथा अनधिकृत प्रयोग हटाई जग्गाहरु साविककै अवस्थामा फिर्ता ल्याउने निर्णय अनुसार नगरपालिकालिकाले एक सूचना जारी गर्दै अनधिकृत र कानुन विपरित प्रयोग भएका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले बताउनुभयो । साथै तोकिएको समयमा अटेर गरि संरचना नहटाएमा वा अतिक्रमित क्षेत्रबाट नहटेमा नगरपालिकाले उक्त संरचना हटाउने र अतिक्रमित क्षेत्र खाली गर्ने र सो कार्यमा खर्च भएको रकम सम्बन्धीत व्यक्ति, संस्था वा कार्यालय संग असुल गर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । दार्चुला जिल्लाको सदरमुकाम समेत रहेको महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ खलंगा बजार क्षेत्रमा बिक्रि प्रयोजनका निर्माण सामाग्री सडकमा राख्ने, सडक पेटीमा खोका छाप्रा निर्माण गरि पसल संचालन गर्ने कार्य भैरहेको छ । साघुरो बाटोमा खोका छाप्रा बनाएर व्यवसाय गर्दा विभिन्न कामले सदरमुकाम बजार क्षेत्रमा ओहोरदोहोर गर्ने नागरिकलाई समस्या भएको छ । प्रकाशित मिति: मंगलबार बैशाख २३, २०८२/Tuesday 05-06-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने