आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा सारथी खबर दार्चुलाको मालिकार्जुन गाउँपालिका योगमय पालिका घोषणा भएको छ । शनिवार एक समारोहको आयोजना गरी पालिकालाई योगमय पालिकाको रुपमा घोषणा गरिएको हो । विद्यालय तथा वडास्तरीय योग शिक्षा कार्यक्रम अन्तर्गत योग, आयुर्वेद, शिक्षा र आत्म अनुशासन विषयमा वृहत अन्तरक्रिया तथा योगमय पालिका घोषण गर्ने यो सुदुपश्चिम प्रदेशको पहिलो पालिका बनेको छ । गाउँपालिकाले सबै वडामा रहेका विद्यालयहरुमा योग सम्बन्धि शिक्षकको व्यवस्थापन गर्दै दैनिक योग अभ्यास संचालन गर्दै आइरहेको छ । पालिका स्तरमा योग शिविरबाट प्रशिक्षकहरु छनौट गरी योग शिक्षालाई घरघर सम्म पुगाउने उद्देश्य राखेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पतञ्जली युवा नेपालका मुख्य केन्द्रीय प्रभारी सादवी देवविजया र पालिका अध्यक्ष हिरा सिंह धामीले पालिकालाई योगमय बनाउन गरिएको सम्झौतापत्र आदान प्रदान गरेका छन् । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष तथा पतञ्जली नेपाल दार्चुलाका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षतामा भएका कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख महादेव बडु प्रमुख अतिथि रहेका थिए । महााली नगरपालिकाका नगर उपप्रमुख दुर्गा विष्ट, गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, प्रमुख जिल्ला अधिकारी अनिल पैडेल, प्रहरी प्रमुख प्रकाश दहाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्त, समाजिक विकास कार्यालयका रामचन्द्र ओझा लगायत पतञ्जली नेपालका अन्य व्यक्तिहरुहको र शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, पत्रकारको उपस्थिति रहेको थियो । शिक्षा, संस्कार र आत्मअनुशासन, सामाजिक रुपान्तरणको आधार भन्ने नाराका दिईएको कार्यक्रममा विभिन्न विषयमा अन्तक्रिया गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो । कार्यक्रममा जीवन, योग, विज्ञान तथा आयुर्वेदको बारेमा साध्वी देवविजयाले सहजिकरण गरेका हुन् भने शिक्षक चन्द्र सिंह धामीले विद्यालय शिक्षाका असल अभ्यास आदान प्रदान गरेका थिए । त्यसैगरी विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी अन्तक्रिया कर्याक्रममा एस, एच, एनका जिल्ला संयोजक टेक खड्काले सहजिकरण गरेका थिए । सामाजिक विकास कार्यालयका प्रमुख रामचन्द्र ओझाले अनिवार्य तथा निशुल्क शिक्षा विषयक अन्तक्रियाको सहजिकरण गरहेका थिए । त्यसैगरी विद्यालय प्रशासन तथा शैक्षिक सु–व्यवस्थापन सम्बन्धी अन्तक्रियामा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले सहजिकरण गरेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो । योगमय पालिका बनाउन गाउँपालिकाले बार्षिक निती तथा योजनाबाट बजेट व्यवस्थापन गरेको थियो । शिक्षक, विद्यार्थी र अभिभाव सम्म योग अभ्यास पुगाउन पालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहको छ । योगमय पालिका घोषणामा शिक्षा तथा समन्वय इकाई दार्चुला र समाजिक विकास कार्यालय दार्चुलाले समन्वयात्मक सहयोग गरेको शिक्षा शाखा प्रमुख लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो । प्रकाशित मिति: शनिबार बैशाख २०, २०८२/Saturday 05-03-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने