दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो सारथी खबर दार्चुलाका ग्रामिण बस्तीक घरधुरीहरुमा दार्चुला–डोल्पा ग्रामिण विद्युतिकरण आयोजनाले विद्युतिकरण गरिरहेको छ । उक्त आयोजना मार्फत जिल्लाका विद्युत नपुगेका ७ वटै स्थानीय तहमा विद्युतीकरणको काम गरिरहेको हो । परियोजनाले विद्युतको मेनलाइन र शाखालाईन विस्तार गरिरहेको छ भने लाइन विस्तारको काम सकिएको ठाउँहरुकामा लाइन परिक्षण र ट्रान्सफरमर चार्जको काम गरिरहेका दार्चुला–डोल्पा ग्रामिण विद्युतिकरण आयोजनाल इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले बताउनुभयो । म्यानेजर बस्नेतका अनुसार प्रोजेक्टले जिम्मा पाएको १२३ लोडसेन्टरमध्ये ८० वटा लोडसेन्टरमा ट्रान्सफर्मर चढाइसकेको र बाँकीमा समेत असार मसान्तसम्म ट्रान्सफर्मर चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ । यसअघि विद्युत प्राधिकरणले दार्चुलामा दुई सय बढी ट्रान्सफर्मरमार्फत विद्युत वितरण गरेको छ । मार्माको वडा नम्बर १ र अपिहिमालको दुर्गम गाउँहरुमा भगौलिक विकटताका कारण काम गर्न केही ढिलाई तथा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । लेकमको विकट क्षेत्र रतौडामा केही दिन पहिले ट्रान्सफर्मर राखिएको छ । महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखर लगायत अधिकाशं स्थानीय तहमा विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको छ । व्याँस, मार्मा, नौगाड, अपिहिमालमा पनि काम भइरहेको छ, उहाँले भन्नुभयो, जिल्लाभरी विद्युतिकरणको काम तिब्र गतिमा भइरहेको छ । सबैतिर काम भइरहेकोले विद्युत लाइनका तार र पोल अभाव भइरहेको छ । दार्चुलामा हालसम्म ७० प्रतिशत घरधुरीमा बिजुली बलिसकेको छ । करिब २८ हजार घरपरिवार बसोबास रहेको यस जिल्लामा २० हजार घरधुरीमा विद्युतिकरण भएको नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले बताउनुभयो । करिब २० हजार घरमा बिजुली पुगिसकेको छ, उहाँले भन्नुभयो, केही महिनापहिलेसम्म एक देखि दुई सय मिटरमात्रै बिक्रि भइरहेकोमा अहिले मासिक चार देखि पाँच सय मिटरको माग आइरहेको छ । मासिक मिटर बिक्रि वितरणको तथ्यांक हेर्दा पनि पछिल्लो समय विद्युतिकरणको काम तिब्र गतिमा भइरहेको देखिन्छ । दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलभिसा गरी तीन वटा शवस्टेसनमार्फत विद्युत वितरण गरिएको छ । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार लेकम गाउँपालिकाको सिरोडामा सबस्टेसन निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । दुहुँ क्षेत्रमा समेत एउटा सबस्टेसन राख्नका लागि प्रकृया अघि बढाइएको वितरण केन्द्र प्रमुख सापकोटाले बताउनुभयो । प्रकाशित मिति: सोमबार बैशाख २२, २०८२/Monday 05-05-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने