विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास सारथी खबर घाइतेको उद्धार पछि अस्पताल लैजादै गरेको अभ्यास दार्चुलामा सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा नेपाली सेनाको श्रीदल गुल्मले आइतबार संयुक्त पूर्वतयारी अभ्यास गरेको छ । श्रीदल गुल्मको आयोजनामा मनसुनजन्य विपद् (बाढी र पहिरो) लाई लक्षित गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सम्पन्न गरिएको हो । नेपालमा मनसुनको समयमा हुने भारी वर्षको करण बाढी, डुबान र पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षतीलाई कमगर्न श्रीदल गुल्मले बाढी तथा पहिरोबाट प्रभावितलाई तत्काल उद्धार र राहत कार्य प्रभावकारी रुपमा गर्न ‘अभ्यास मनसुन–५’ सम्बन्धि डेमो प्रदर्शन गरिएको गुल्मपति उत्तम खडकाले बताउनुभयो । महाकाली नगरपालिका वडा नम्बर ४ लास्कुखोला क्षेत्रमा गरिएको अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, एनसीसी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । ३४ जन नेपाली सेना, २४ जना सशस्त्र प्रहरी, १५ जना नेपाल प्रहरीले र ९ जना एनसीसीको टोलीले संयुक्त रुपमा बाढी पहिरो लगायतको विपतम परेकाहरुको उद्दार गर्ने कार्यको अभ्यास गरेको थियो । नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको बिपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्य टोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद् विरुद्ध खटिने प्रतिकार्य टोलीलाई अभ्यास गर्न लगाएको गुल्मपति खडकाले बताउनुभयो । सुरक्षाकर्मीहरुले गरेको नमुना अभ्यासको प्रशंसा गर्दै महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा विष्ट खत्रीले यो अभ्यासले भविश्यमा हुने प्रकृतिक प्रकोपमा उद्धार र राहात कार्यक्रम सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नु भयो ‘विपतको समयमा सुरक्षाकर्मीको साथ सहयोग चाहिन्छ त्यसको लागि नगरपालिका पनि सहयोग गर्दै संगसंगै कार्य गर्नेछौँ’ । स्थानिय तहलाई विपद्को समयमा धेरै सहयो गरेको नमुना अभ्यास हेर्न कार्यक्रम स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले विपद् प्रतिकार्यको क्रममा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सक्रिय मनसुन अगावै विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न सञ्चालन गरिएको यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको संकेत दिएकोे बताए । दार्चुलको अधिकांश भूभागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटीय क्षेत्रहरु बाढीको समयमा जोखिममा रहने गरेको छ । प्रदर्शनमा सबैभन्दा बढी पहिरोबाट हुने सम्भावित मानविय क्षति कमगर्न गरिने पूर्व तयारी तथा विपद् पछिको प्रतिकार्यका बारेमा अभ्यास केन्द्रित थियो । नमुना अभ्यासमूलक प्रदर्शनमा विपद् पछि सुरक्षाफौजबाट हुने खोजतलस र उद्धारको कार्य पछि प्राथमिक उपचारमा अभ्यस्त हुने कार्य केन्द्रीत गरिएको थियो । खोज र उद्धार, पुनस्र्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु¥याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धी काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु गरिएको थियो । विपतको पूर्व तयारी संयुक्त अभ्यासका क्रममा सुरक्षकर्मीले पहिरोमापरी भिरमा अडिएका व्यक्तिको उद्दार, बाढीले गर्दा नदी पारिरहेकाहरुको प्राथमिक उपचारपछि नदी क्रस गरी अस्पताल पुगाउने र पहिरो गएपछि भएको जनधनको क्षतिबाट बचाउन गरिने प्रयासको संयुक्त अभ्यास प्रभावकारी रहेको सहभागिहरुले बताए । प्रकाशित मिति: आइतबार बैशाख २१, २०८२/Sunday 05-04-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने