लकडाउनका बीच भारतको उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री काठमाण्डाैं लामो समयपछि भारतको केही राज्यमा मदिराको पसल खोल्न सोमबार अनुमति दिइयो । अनुमति दिएको केही मिनेट नबित्दै शहरका मदिरा पसल अगाडि दुई दुई किलोमिटरसम्म मानिसहरुको भिड जमा भयो । उक्त भिड मंगलबार पनि देखिएको छ । मदिरा खरिद गर्न जमा भएको भिड व्यवस्थापन गर्न कतिपय शहरमा प्रहरीले लाठीचार्ज नै गर्नुपर्यो । भारतमा मार्च २५ देखि लकडाउन कडाइपूर्वक लागू छ । मदिरा पसल खोल्न अनुमति दिने सरकारी निर्णय वर्षौंको खडेरीपछि पानी परे झैं भयो । र कोभिड–१९ तिब्र रुपमा फैलिरहँदा मदिरा पसल खोल्ने अनुमतिपछि सामाजिक दूरीको मापदण्ड पूर्णरुपमा तोडिएको छ । एकै पसल अगाडि पाँचसयदेखि एकहजार मदिरा खरिद गर्नेको भिड जमा भएको छ । यूरोप र अमेरिकापछि कोभिड–१९ को संक्रमण भारत र रुसमा तिब्र रुपमा फैलिदैछ । यस्तो अवस्थाका बावजूद सर्वसाधारणले जोखिमका बीच खुला रुपले बजार, पसलमा पंक्तिमा उभिएका छन् । मदिराका लागि भारतीय शहरहरुमा देखिएको भिडले सरकारलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्ने अवस्थामा ल्याइ पुर्याएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार साँझ त अवस्था यस्तै रहे दुईदिन भित्रै पसल बन्द गर्ने निर्णय लिन बाध्य हुने बताउनुभयो । महाराष्ट्र राज्य कोभिड–१९ को उच्च जोखिममा छन् । संघीय सरकारले अनुमति दिएपनि राज्य सरकारको बैठकमा पसल खोल्न दिने नदिने बारे चार घण्टा लामो छलफल नै चल्यो । अपरान्ह तीन बजे पसल खोल्ने अनुमति स्वीकृत हुँदा कतिपय घर फर्किसकेका थिए । यद्दपी उत्तरप्रदेशसहित केही राज्यका ठूला शहरमा भने संघीय सरकारको अनुमतिका बावजूद मदिरा पसल खोलिएन । उत्तरप्रदेशको औरङ्गाबाद र सोलापुर जिल्लामा भने प्रशासनले पसल खोल्न दिएन । उत्तरप्रदेशकै मिर्जापुरमा केही पसलेले त ग्राहकमाथि पुष्पवर्षा नै गरेर स्वागत गरे । बैंग्लौरमा मदिरा खरिद गर्न लामो लाइन देखियो । जहाँ महिलाको उपस्थिति पनि ठूलै देखिएको भारतीय अखबार द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ । भारतको उत्तरप्रदेशमा मदिराको खरिदबिक्रिमा औसतमा दैनिक ७० देखि ८० करोड रुपियाँको कारोबार हुन्छ । तर सोमबार सामान्य दिनको जम्मै कारोबारबाट माथि पुगेर एक अरबको ब्यापार भएको उत्पादन शुल्क विभागले जनाएको छ । उत्तरप्रदेशका लखनऊमा मात्रै करिब छ करोड ३० लाखको मदिरा खरिद बिक्रि भएको हो । मदिरा अभाव भएपछि पसलेले अपरान्ह नै पसल बन्द गरेर घरतिर लाग्नुपर्यो । भारतको आन्ध्रप्रदेशमा सन् २०१४ मा साइक्लोन गएको भोलीपल्ट मात्रै यस्तो भिड देखेको एकजना स्थानीयलाई उद्धृत गर्दै टाईम्स अफ इन्डियाले लेखेको छ । मदिरा खरिद गर्नेको भिड र आपूर्तिमा समस्या भएपछि राजस्थानमा पसल खोल्न अनुमति दिइएको दुई घण्टा नबित्दै उत्पादन शुल्क विभागले पसल बन्द गर्न आदेश जारी गर्यो । छत्तीसगढ राज्यको महासमुन्दमा भने मदिरा पसल खोल्ने सरकारी अनुमतिका विरुद्ध महिलाहरु सडकमा आउनुपर्यो । मदिरा पसल महिनौंसम्म बन्द हुँदा घर परिवारमा शान्ती आएको उनीहरुको तर्क थियो । गाेरखापत्र प्रकाशित मिति: मंगलबार बैशाख २३, २०७७/Tuesday 05-05-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् विवाह रसुवागढी र तातोपानी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक पोर्चुगलमा एक सातामा तीन नेपालीले ज्यान गुमाए बेलायतमा समाजवादीको प्रवास संगठन कतारी जेलमा रहेका ९ नेपालीलाई आममाफी जम्मू–काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम