दुहुँको गौरबको योजना : बञ्जीजम्प झोलुंगे पूल निर्माणमा किन ढिलाई ? (फाेटाे फिचरसहित) सारथी खबर दार्चुलाको दुहुँ गाउँपालिकाले गाउँपालिकाको गौरबको योजनाको रुपमा निर्माण शुरु गरेको बञ्जीजम्पसहितको बहुउद्देश्यीय झोलुंगे पूल निर्माणको कार्यमा ढिलाई भएको छ । जिल्लाकै सर्वाधिक लम्बाई र उचाईमा निर्माण हुन लागेको पूलको कामले गति लिन सकेको छैन् । २०७४ सालबाट निर्माण शुरु भएको पूलले अझै गति लिएको छैन् । दुहुँको वडा नम्बर २ र ५ को सीमा नदी कालागाड खोलामाथि बञ्जिजम्पसहितको बहुउद्देश्यीय झोलुंगे पुल निर्माण शुरु भएको थियो । गाउँपालिकाले गौरबकै योजनाको रुपमा यो पूल अघि बढाएको हो, गाउँपालिका अध्यक्ष पूलेन्द्र बहादुर कार्कीले भन्नुभयो, तर पूल निर्माणमा ढिलाई भइरहेको छ । पूल निर्माणको सम्झौता अवधि सकिएपछि अहिले तीन महिना म्याद थप गरि निर्माण कार्य अघि बढेको छ । बर्खायाममा पूल निर्माणको काम अघि बढेन् । सडक अवरुद्ध हुँदा समान ढुवानीमै ढिलाई भएको निर्माण व्यवसायी बसन्त बुढाथोकीले बताउनुभयो । अहिले निर्माण कार्य चलिरहेको छ। निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । कोभिडको कारण समयमै समान ढुवानी हुन नसक्दा पूलले गति नलिएको निर्माण व्यवसायीको दाबी छ । पुल निर्माणले पैदल मार्गको दुरी घटाउनुका साथै पर्यटकहरूको आकर्षण गन्तव्य बनाउने लक्ष्य गाउँपालिकाले लिइएको छ । गाउँपालिकाका अध्यक्ष कार्कीका अनुसार यसै आर्थिक वर्षभित्र पुलको निर्माण कार्य सकिन्छ । पुलले गाउँपालिकाका वडा नम्बर २ र ५ लाई सीधै जोड्ने छ भने वडा नम्बर ५ का स्थानीयलाई गाउँपालिकाको केन्द्र पुग्न आधा घण्टाभन्दा कम समय लाग्ने छ । पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका वडा नम्बर ४, ५, र ३ का स्थानीयलाई आवत जावतमा सहज हुनेछ । गाउँपालिकाको बृहत योजनाको रूपमा यो पुलको निर्माण अघि बढाइएको हो । गाउँपालिकाको पर्यटन प्रवद्र्धनसँगै आर्थिक आर्जनको रूपमा विकास गर्ने लक्ष्यसहित पूल निर्माणमा प्राथमिकता दिएको अध्यक्ष कार्कीले बताउनुभयो । दार्चुला तिकर सडक अन्तर्गत पर्ने उक्त क्षेत्र पुग्न सदरमुकाम खलंगाबाट एक घण्टा समय लाग्छ । नजिक क्षेत्र बञ्जीजम्पसहितको झोलुंगे पूल भएको कारण दार्चुलाका मात्र नभएर भारतबाट समेत पर्यटकहरु हेर्न आउन सक्ने छन् । सदरमुकामबाट नजिकै रहेको क्षेत्र भएको र सडक सञ्जालमा जोडिएको कारण पनि बञ्जीजम्प खेल्ने पर्यटकहरु यो क्षेत्रमा आकर्षित हुन सक्छन् । गाउँपालिकाले पर्यटकलाई लक्षित गर्दै भ्यू टावर निर्माण गरिरहेको छ । भ्यू टावरबाट विभिन्न हिमालयहरुको अवलोकन गर्न मिल्ने अध्यक्ष कार्कीको भनाई छ । यस्तै दुहुँको नजिकै पर्ने सिद्ध टोपीको अवलोकन गर्न जानेहरुको लागि पनि यो पूल राम्रो हुनेछ । हेल्भेटास नेपालको प्राविधिक सहयोग र गाउँपालिकाको लगानीमा निर्माण भइरहेको उक्त बहुउद्देश्यीय झोलुंगे पुलको लम्बाइ ३ सय ७२ मिटर रहेको छ । २ सय ४० मिटरको उचाइमा पुल बन्नेछ । एक करोड ७७ लाख ९९ हजारको लागतमा उक्त पुल जगदम्बा दोभान संगम जेभीले निर्माण गरिरहेको हो । पहाडी जिल्लाकै सर्वाधिक उचाई र लम्बाई रहेको पुल निर्माणमा गाउँपालिकाले पनि लगानी गरेको छ । उक्त पुल निर्माणपछि साहसिक मानिएको खेल बञ्जिजम्पको लागिसमेत उपयुक्त सम्भावना रहेको यसअघिको अध्ययनले देखाएको छ । पुल निर्माण हुने स्थानमा निकै कडा खालको चट्टान रहेको तथा गहिरो गल्छी भएका कारण बन्जिजम्पका लागि उपयुक्त मानिएको हेल्भेटास नेपालले जनाएको छ । प्रकाशित मिति: बिहीबार असोज ८, २०७७/Thursday 09-24-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय