२०८१ बैशाख, १७ सोमबार

घुम्न जाउँ “मकरीकोट सिढी”

ठिंग उभिएका अपि, नाम्पा, कायकोर, जेठी बहुरानी हिमालहरु । बिहानको सुर्योदयसँगै मककरीकोट चढ्ने जो कोहिले पनि भन्छन् वा अपि हिमाल । अपि वेशक्याम्प नगएरै मकरीकोटको चुचुरोबाट नजिकै नियाल्न मिल्नेगरी अपी हिमाल (७१३२) मिटर देखिने मकरीकोट पर्यटकको पर्खाईमा छ ।
सुदूरपश्चिम प्रदेशकै अग्लो शिखर यहि निर्माण गरिएको सिढीको टुप्पोबाटै हेर्न सकिन्छ । समुद्री सतहबाट २५०० मिटरको उचाइमा रहेको छ मकरीकोट । ढुंगैढुंगाले निर्माण गरिएका चिटिक्क पारिएको सिढी । चमेलिया, छुमछुम र मकरीगाड खोलाको चिसो हावा । अग्लो डाडाबाट देखिने मकरीगाडका खोलाको झर्ना वा हा । त्यहि झर्नाको फेदीमै बन्दैछ, १० मेगावट मकरीगाड हाइड्रोपावर जलविद्युत । अनि भर्खर सडकको ट्याक खुलेको मोटरमार्ग ।
बाटोभरी ढुंगा र सेलेटबाट पदमार्ग निर्माण गरिएका छन् । भने खुट्कीला चढ्न सजिलोको लागि र्यालीङ राखिएका छन् । बिचबिचमा सुस्केरा मार्दै विट मार्ने चौतारासहितको प्रतिक्षालय निर्माण गरिदैछन् । 
भिरालो पहाडी क्षेत्रमा चिटिक्क परेका सेलेट र ढुंगाले निर्मित खुट्कीला (सिढी) अनि रंगीन बनाइएका र्यालीङले जो कोहिको मन लोभ्याउँछ । निर्माणाधीन खुट्कीला (सिढी) मै दैनिक सयौं व्यक्तिको ओहोरदोहार हुन्छ । र लिन्छन सेल्फी । धेरैले भन्न थाले यो डाडो नै सेल्फी डाडा बन्न बेर छैन् । 
मकरीगाडको झर्ना देखिने गरी नयाँ आउने आन्तरिक पर्यटकहरुको लागि सेल्फी खिच्ने ठाउँ बनेको छ । वरीपरि जंगल देखिन्छन् । हिमऋंखला र प्राकृतिक सौन्दर्य त छ नै छुमछुमगाड, मकरीगाड र चमेलिया नदीको शिरशिर हावाले थप यो सिद्ध मकरीकोट पदमार्ग (खुट्कीला) आकर्षण बनाएको छ ।
अहिलेको समयमा अग्ला डाडामा देखिने सेताम्मे हिमाल, वसन्तमा जंगलभरि ढकमक्क फुल्ने फूल लाली गुराँशले सौन्दर्य थप्छन् । धार्मिक तथा सांस्कृतिक इतिहासले यो मकरीकोट चर्चित छ । तत्कालीन अवस्थामा जतरसिह राजाले मकरीकोटमा दरबार निर्माण गरेका थिए । मकरीगाडस्थित जोलधारामा आएर स्थान गर्ने धारा थियो ।
त्यहि मकरीकोटको उकालोमा जतरसिंहले प्रयोग गर्ने घोडाको खुरहरु (पैतला) अहिले पनि छ । शिव मन्दिरदेखि त्यहि घोडाको आकृति त्यहि पदमार्गमा निर्माण हुँदैछ ।
मकरीकोट खुट्कीला (र्यालीसहितको सिढी) पर्यटकहरुलाई लक्षित गर्दै अपिहिमाल गाउँपालिकाले नमूनाको रुपमा निर्माण थालेको हो । विगतको इतिहास जोगाउन पूर्खाले सम्हालेको सिद्ध मकरीकोटको परिचय पुरानै बनाउन अहिले स्थानीय सरकारले गुरुयोजना बनाएर पदमार्ग निर्माण शुरु गरेको हो । केहि वर्ष अघिसम्म सदरमुकाम खलंगाबाट अपिहिमाल पुग्नै तीन दिन पैदल हिड्नुपर्ने बाध्यता थियो । तर अहिले सडक मकरिगाड पुगेको छ । 
विकट भएकै कारण यहाँ पुग्न सकस नै थियो । मकरीकोट चढेपछि मल्देश देखिन्छ । पहिलेदेखि सडक सञ्जालबाट टाढा रहेको र बोलीचालीको भाषासमेत छुट्टै भएको कारण यो क्षेत्रका मानिसलाई मल्देशी भनेर चिनिन्छन् । यो ठाउँ चिसो ठाउँ हो । चिसोमा उनी लूगा लगाउने, दोचा, बोदला लगाउने चलन थियो । यद्यपि अहिले विस्तारै हराउँदै गएको  छ। 
समुद्री सतहबाट २५ सय मिटर उचाईमा खाती खेलमैदान छ । खात्तीमै प्राकृतिक रुपमा निर्माण भएका तालतलैयाहरु छन् । खात्ती नजिकै तामाखानी रहेको छ । यद्यपि उत्खनन् गरिएको छैन् । 
मकरीगाडदेखि मकरीकोटसम्म १ हजार ४७४ वटा खुट्कीला र्यालीङसहितको सिढी निर्माण गरिदैछ । दुई वर्षको अवधिमा ७२४ सिढी पूरा भएको छ । र्यालीङसहित सिढी निर्माणकै क्रममा आन्तरीक पर्यटकहरुको आकर्षण केन्द्र बनेको छ । सिढीमा सेलेट ढुंगा विछ्याइएको छ । 
अहिले निर्माण सकिएको सिढीमा रंगरोगन लगाउने काम शुरु गरिदैछ । सिढीको आधा काम अझै बाँकीछ, अपिहिमाल गाउँपालिकाका इन्जिनियर रामचन्द्र ठगुन्नाले भन्नुभयो । डिपिआर अनुसार निर्माण गर्न अझै बजेट अभाव छ । 
मकरीगाडदेखि दुई घण्टामा मकरीकोट सिढी पार गर्न सकिन्छ । डेढ हजार बढि खुट्कीलासहितको सिढी चढ्न तीन ठाउँमा खानेपानी धारा, शौचालय, रेष्टुरेन्ट विश्रामस्थल प्रतिक्षालय, बनाउने योजना छ, गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले भन्नुभयो । आन्तरिक तथा बाह्य जुनसुकै पर्यटक आएपनि कम्तीमा सिढी चढेरै समय बिताउन भन्ने चाहना छ । 


सिढीको दायाँबाया हरियाली फुल तथा बृक्षारोपण हुनेछन् । राती सिढीमा चढ्न सोलारबत्ति जडान गरिनेछ । थोपा सिचाईसहितको धारा हुनेछ । मकरीकोटमा शिव मन्दिर निर्माण हुनेछ । निर्माण शुरु गरिएको र््यालीङसहितको सिढी मेरै कार्यकालमा सक्छु अध्यक्ष मन्यालले भन्नुभयो, कोट भन्दा माथिल्लो क्षेत्र पर्यटकीय गाउँ खात्तीसम्मै सिढी निर्माण गर्ने योजना छ । यो क्षेत्रसम्म सिढी पुर्याउन मन्त्रालयमा बजेट माग गरिएको छ । एकीकृत वस्तीसहितको पर्यटकीय गाउँ, होमस्टे, र खात्तीमै भ्यू टावर निर्माण गर्ने योजना छ ।
यो वर्ष सिढीको लागि सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारसँग समपूरक र विशेष अनुदान बजेट माग गरिएको छ । बजेट समयमै आयो भने अपिको शानकै रुपमा रहेको सिद्ध मकरीकोट पदमार्ग सिढीको काम अझै गतिलिन्छ, अध्यक्ष मन्यालको भनाई छ । हालसम्म
झण्डै एक करोड ११ लाख रुपैयाँ रकम खर्च भएको छ । 

प्रकाशित मिति: शनिबार माघ २५, २०७६/Saturday 02-08-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै