Close This
२०८१ मङ्सिर, ६ बिहीबार

अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने सरकारको निर्णय

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेशलमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, बैठकले मानवअधिकारको पाँच वर्षे कार्ययोजना समेत पारित गरेको छ ।
कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ । यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेका जनाइएको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।
गोरखापत्र दैनिकबाट

 

प्रकाशित मिति: सोमबार असोज २६, २०७७/Monday 10-12-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै