२०८१ बैशाख, २६ बुधबार

शिक्षामन्त्री श्रेष्ठ भन्छिन्, ‘शिक्षकको पार्टीसँग सम्बन्ध हुन नदिने कुरामा स्पष्ट छौ’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिन सबै एकमत र स्पष्ट रहेको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 
‘राजनीतिक दललाई शिक्षालयबाट बाहिर निकाल्ने, शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलसँग सम्बन्ध हुन निषेध गर्ने भन्ने कुरामा हामी सबै एकवद्ध छौ उनले भनिन्ं । यसको ऐन नै पनि छ । जसमा सबै सर्वसम्मत हुनुहुन्छ’ ।
शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिन नपाउने प्रावधान छ । प्रचलित यो ऐनमा सबै सर्वसम्मत रहेको शिक्षामन्त्री श्रेष्ठले दाबी गरेकी हुन् ।
विद्यार्थी संगठनहरूको पनि दुरुपयोग भएको शिक्षामन्त्री श्रेष्ठ बताउँछिन् । ‘हामीले युवा विद्यार्थीहरूको भातृ संगठन बनायौं । सुरूमा अरू केही उद्देश्य भए पनि अहिले राजनीतिक रूपमा दुरुपयोग भएको सबैलाई जगजाहेरै छ’ उनको भनाई छ ।

प्रकाशित मिति: बुधबार चैत २१, २०८०/Wednesday 04-03-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै