२०८१ जेठ, ३ बिहीबार

कोरोना परीक्षण गर्न तीन जिल्लाबाट ८०२ नमूना संकलन

कोरोना संक्रमित विरामी पत्ता लगाउन सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा नमूना संकलनको दायरा बढाएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम र दिपायल तथा कर्णाली प्रदेशका जुम्ला र सर्खेतबाट नमूना संकलन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारबाट अछाम, जुम्ला र सुर्खेतबाट ८ सय २ वटा स्वाबको नमूना संकलन गरिएको छ । ८ सय २ नमूनाहरु पीसीआर टेस्टका लागि संकलन गरिएको र काठमाडौं ल्याइसकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा नेपालीहरु सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा भित्रिएकाले सरकारर्ले यापिड टेस्ट र पीसीआर टेस्टका लागि नमूना संकलन तथा परीक्षण गर्दै आएको छ । कैलाली जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएलगत्तै सरकारर्ले यापिड टेस्टका लागि टोली परिचालन गरेको थियो ।
मन्त्रालयका अनुसार बुधबारबाट कैलाली र कञ्चनपुरमा परिचालित टोलीले १९८ वटा नमूना संकलन गरेको छ । यी नमूनाहर्रु यापिड किट र स्वाब गरी दुवै किसिमका रहेका डा. देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी सुदूरपश्चिम प्रदेशको अर्को जिल्ला दिपायलमा बिहीबारबाट नमूना संकलनको काम थालिएको छ । ‘दिपायलबाट ३ सय वटा नमूना संकलन गर्ने लक्ष्य छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भन्नुभयोे ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म १९ सय ६५ वटा र काठमाडौं उपत्यकाबाहिर ४ सय ६१ वटा गरी कूल २३ सय ६६ नमूना परीक्षण गरिएको छ । यद्यपि कोरोना संक्रमित नयाँ व्यक्ति थपिएका भने छैनन् ।
डा। देवकोटाले भने, ‘अहिले पनि यसको दायरा बढाइरहेको अवस्थामा आज पनि करिब १ सय ८० वटा केसका नमूनाहरु रन भइरहेको अवस्था छ । उपत्यका बाहिरबाट संकलन भएर आउने क्रम पनि जारी छ र नमूना परीक्षणको दायरा बढिरहेको छ । काठमाडौं र काठमाडौं उपत्यकाबाहिर हामीले नमूना संकलनलाई तीव्र पारेका छौं ।’

 

प्रकाशित मिति: बिहीबार चैत २७, २०७६/Thursday 04-09-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै