२०८१ बैशाख, १७ सोमबार

भारतको अन्तरिक्षयान चन्द्रमामा अवतरण गर्दै गरेको लाइभ कसरी हेर्ने ?

भारत आफ्नो चन्द्रयान– ३ लाई चन्द्रमामा उतार्ने ऐतिहासिक क्षणमा छ । आज साँझ पौने ६ बजे चन्द्रयान सफल रूपमा चन्द्रमाको सतहमा अवतरण गरेमा चन्द्रमा मिसनमा सफलता हात पार्ने भारत संसारको चौथो देश बन्नेछ ।
भारतीय अन्तरिक्ष संगठन (इस्रो) ले चन्द्रयान– ३ ट्रयाकमै रहेको र सुचारु रूपमा अघि बढिरहेको बताएको छ । चन्द्रयान– ३ आज साँझ ५ः४५ बजे चन्द्रमाको सतहमा अन्तिम अवतरणका लागि तयार छ । भारतको अन्तरिक्ष एजेन्सीले साँझ ५ः२० बजेदेखि अवतरण प्रयासको प्रत्यक्ष प्रसारण गर्नेछ । भारतको सरकारी टेलिभिजन, अन्य टीभीदेखि इस्रोको युट्युब च्यानलमा चन्द्रयान– ३ को अवतरणलाई प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । 
चन्दयान– ३ सफल भएमा यसले अन्तरिक्ष अभियानमा वैश्विक महाशक्तिका रूपमा भारतको उपस्थितिलाई बलियो पार्नेछ । यसअघि पूर्वसोभियत संघ (रुस), अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ पूरा गरेका छन् ।
चन्द्रयान– ३ को अवतरण साइट इतिहासमा कसैको पनि अन्तरिक्ष यान नगएको क्षेत्र चन्द्रमाको दक्षिणी ध्रुवनजिकै छ । दक्षिणी ध्रुव क्षेत्रलाई अन्तरिक्ष यात्रा गर्ने देशका लागि प्रमुख वैज्ञानिक र रणनीतिक रुचिको क्षेत्र मानिन्छ । किनकि वैज्ञानिकहरूले यो क्षेत्रमा पानीको बरफ भण्डार रहेको अनुमान गरेका छन् । 
कालो क्षेत्रमा जमेको पानीलाई भविष्यमा चालक दलको मिसनका लागि रकेट इन्धन वा यहाँसम्म कि पिउने पानीमा परिवर्तित गर्न सकिन्छ ।
शिलापत्र

प्रकाशित मिति: बुधबार भदौ ६, २०८०/Wednesday 08-23-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै