२०८१ बैशाख, १७ सोमबार

महिला लघुवित्तको आईपीओ निष्कासन मिति परिवर्तन


महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको साधारण शेयर आईपीओ निष्कासन मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएकोमा उक्त मिति परिवर्तन गरेर माघ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । आज एक सूचना जरी गर्दै कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै कम्पीलाई मिति परिवर्तन गर्न गत २२ गते पत्रचार गरेको भन्दै माघ ३० गते शुक्रवारबाट आईपीओ जारी गर्ने जानकारी दिएको छ ।

माघ ३० गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म रहेको छ ।  कम्पनीले जारी पूँजी रू। १० करोडको ४० प्रतिशतले हुन आउने रकम रू। ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । उक्त रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू। ६ करोड रहेको छ, आईपीओ निष्कासनपश्चात उक्त पूँजी रू। १० करोड पुग्ने संस्थाका प्रमुख  कार्यकारी अघिकृत कृष्ण न्यौपानेले बताउनु भयो 

प्रकाशित मिति: शनिबार माघ २४, २०७७/Saturday 02-06-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै