कोरोनाको त्रासमा जो अप्ठ्यारोका सहयोगी बन्दैछन् (फोटो फिचरमा) सारथी खबर समाज सेवा गर्नलाई उमेरले छेक्दैन भन्ने उदाहरण बन्नुभएका छ, शैल्यशिखर नगरपालिकाका युवा व्यवसायी भुवन भण्डारी । कोरोनाका महामारीमा स्थानीय तहका जनप्रतिनिधिले गर्न नसकेको भूमिका अहिले व्यवसायी भण्डारीले निर्वाह गरि राख्नुभएको छ । कोरोनाका कहरले सबै घरभित्रै बसिरहेका छन् । अधिकांश व्यापारीहरु लुकिछिपी आफ्नो व्यापार गरिराखेका छन् , तर शैल्यशिखर ९ का भण्डारी भने कोरोनाको संक्रमणमा परेका व्यक्तिको सेवा र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नमा जुट्नुभएको छ । कोरोनामा गरिब मर्नुहुँदैन भनेर शैल्यशिखर नगरपालिकाका वादी समुदायलाई खाद्यान्न दाल मास्क र सेनिटाइजर वितरण गरिसक्नुभएको छ । शैल्यशिखरका हरेक वडासम्म सेनिटाइजर र मास्क आफ्नै स्कारपिओ गाडीमा पुर्याउँदैछन् । आफ्नो नगरपालिका भित्र मात्र नभई सदरमुकाम खलंगामा आएर कोरोनाको जोखिममा रहेका अग्रपंक्तिका सुरक्षाकर्मी, र पत्रकार तथा महाकाली लोकमार्गका सुरक्षा पोष्टहरुमा गएर भण्डारीले मास्क र सेनिटाइजर वितरण गर्नुभएको छ । कोरानाका कारण सबैले दिनहुँ सर्जिकल माँस्क खरिद गर्ने सक्ने अवस्था छैन्, भण्डारी भन्नुहुन्छ, तै पनि आफुले सक्दो सहयोगको रुपमा सबैलाई मास्क र सेनिटाइजर वितरण गरिरहेको छु । आफ्नै गाडीमा सबै ठाउँ पुगेर निरन्तर भण्डारी जनता बचाउने अभियानमा जुटेका छन् । भण्डारी भन्नुहुन्छ, स्थानीय सरकारले पहिलो वर्ष गर्नु गरे, यो वर्ष कोही पनि सहयोगी बनेका छैनन् । जनतालाई एउटा मास्क पनि पाउन सक्ने अवस्था नभए पछि आफ्नै लगानीमा वितरण गरिरहेको छु । भण्डारी मास्क र सेनिटाइजर मात्र नभई गोकुलेश्वर अस्पतालमा अक्सिजन अभाव हुन नदिन अक्सिनको खोजीमा लाग्नुभएको छ । मंगलबार मात्र भण्डारीले आफै गाडी चढाएर माथिल्लो चमेलियाबाट १० थान अक्सिजन गोकुलेश्वर अस्पताल पुर्याउन सहयोग गर्नुभयो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक अरुण वमलाई गाडीमा राखेर भण्डारीले माथिल्लो चमेलिया लटिनाथबाट अक्सिजन सिलेण्डर ल्याउनुभएको हो । माथिल्लो चमेलियाले तत्काल काम चलाउन गोकुलेश्वर अस्पताललाई अक्सिजन सिलेन्डर उपलब्ध गराएपछि भण्डारी र वम लटिनाथ पुग्नुभएको थियो । उनीहरुले अक्सिजन गोकुलेश्वर अस्पतालाई हस्तान्तरण गर्नुभएको छ । प्रकाशित मिति: बुधबार जेठ ५, २०७८/Wednesday 05-19-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै एमालेको १०औँ महाधिवेशन : भरिभराउ नारायणी किनार (फोटो फिचर हेर्नुहोस्) विद्यालय भवन बनेपछिको खुसी (फोटोफिचर) महाकालीको बहाव खतराको सतहभन्दा माथि, नदीछेउछाउ नजान प्रहरीद्धारा माइकिङ (महाकाली नदीको उग्र रुप हेर्नुहोस् तस्वीरमा ) गणतन्त्र दिवसको अवसरमा प्रहरीद्वारा बजारमा मास्क वितरण (फोटो फिचर) हिउँ फुलसँगै छांगरुमा रमाएको सशस्त्र प्रहरी (फोटो फिचर) दार्चुलामा हिमपात (फोटो फिचर) पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम