२०८१ बैशाख, १७ सोमबार

विद्यालय भवन बनेपछिको खुसी (फोटोफिचर)

चुहिने जीर्ण भवनबाट पक्की सुविधासम्पन्न भवनको सोमबार सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशी र महाकाली नगरप्रमुख हंशराज भट्टले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । २०७३ सालमा प्रावि खलंगा र नमूना मावि खलंगा गाभिएपछि आधारभूत तहका विद्यार्थीको लागि भवन अभाव भएको थियो । चुहिने  भवनमा बस्दै आएका विद्यार्थीलाई सुविधा सम्पन्न भवन निर्माण भएपछि विद्यालय परिवार निकै खुसी छ । २ हजार ४ सय ४७ जना विद्यार्थी अध्ययन रहेको विद्यालयको नयाँ भवन निर्माण भएपछि प्रदेश सरकार, स्थानीय सरकार र भवन निर्माणमा सहयोग गर्ने सबैलाई विद्यालयले धन्यवाद दिएको छ ।


 

प्रकाशित मिति: सोमबार असोज १८, २०७८/Monday 10-04-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै