२०८१ बैशाख, १७ सोमबार

गणतन्त्र दिवसको अवसरमा प्रहरीद्वारा बजारमा मास्क वितरण (फोटो फिचर)

गणतन्त्र दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय दार्चुलाले मास्क वितरण गरेको छ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाले शनिबार गणतन्त्र दिवसको उपलक्ष्यमा मास्क वितरण गरेको हो ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित खलंगा बजार क्षेत्रमा मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनुभयो । 


 

प्रकाशित मिति: शनिबार जेठ १५, २०७८/Saturday 05-29-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै